कोरियामा पानीजहाज बनाउने कामको लागि ४ हजार नेपाली उतिर्ण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2023 | 12:53:01 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरियन भाषा परीक्षा (ईपीएस)मार्फत सीप विल्डङ अर्थात् पानीजहाज निर्माणको लागि लिइएको परीक्षामा ४ हजारभन्दा बढी उत्तीर्ण भएका छन् । एचआरडी कोरियाले उत्तीर्ण भएका ४ हजार ९८ जनाको नाम पठाएको हो ।

उक्त क्षेत्रमा काम गर्नका लागि ३५ हजार ४७८ जनाल आवेदन दिएका थिए । जहाँ २ हजार २७७ जना महिला थिए । यसरी आवेदन दिनेहरुमध्ये ३२ हजार ५०७ जना परीक्षामा सहभागी भएका थिए । जसमध्ये ४ हजार ९८ जना पास भएको ईपीएस कोरिया शाखाले जनाएको छ । शाखाका अनुसार यसरी पास हुनेहरुमा १९७ जना महिला रहेका छन् । 

असोज १ गतेबाट सुरु भई मङ्सिर ७ गतेसम्म परीक्षा सञ्चालन गरिएको थियो । अब दोस्रो चरणमा स्किल टेस्टको परीक्षा तालिका सार्वजनिक गरिने शाखाले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved