कोरियाले १५ हजार बढी नेपाली कामदार लैजाने, कहिले खुल्छ आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2023 | 11:24:16 AM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण कोरियाले १५ हजार बढी नेपाली कामदारको माग गरेको छ । नेपाल सरकार र कोरियाबीच भएको सम्झौता अनुसार ईपीएस अन्तर्गत १५ हजार ८ सय ४८ जना कामदार लैजाने तयारी भएको हो। 

कोरियाले उक्त संख्यामा कामदार उत्पादनमूलक क्षेत्रका लागि माग गरेको ईपीएस कोरीया शाखाले जनाएको छ । जसअन्तर्गत शाखाले भाषा परीक्षमा सहभागि हुन आवेदन आह्वान गरेको हो ।   यसमा पुस २ देखि ६ गतेसम्म आवेदन दिन सकिन्छ । 

भाषा परीक्षामा उच्च अंक ल्याउनेहरु मध्यले मात्र सीप परीक्षणमा समावेश हुन पाउने शाखाले जनाएको छ । सीप परीक्षणमा उत्तिर्ण भई स्वास्थ्य परीक्षणबाट सफल भएपछि मात्र रोजगार आवेदन फाराम भर्न सकिने जनाइएको छ । 

भाषा परीक्षा शुल्क २८ अमेरिकी डलर लाग्नेछ । १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले भाषा परीक्षाका लागि आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । आवेदन अनलाईनबाट मात्रै दिन सकिनेछ।

शाखाका अनुसार एक दिनमा ४ सिफ्ट गरी परीक्षा संचालन हुनेछ । आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्नेछ । आवेदक संख्या बढी भएमा पहिलो र दोश्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुनेछ । परीक्षा सम्बन्धी विस्तृत विवरण भने माघ २२ गते प्रकाशित हुने जनाइएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved