विभागको निलम्बनमा परेका म्यानपावर कम्पनीलाई मन्त्रालयको ‘क्लिन चिट’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2023 | 05:55:37 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निलम्बनमा परेका १४ वटा म्यानपावर कम्पनीको निलम्बन फुकुवा गरिदिएको छ । वैदेशिक रोजगार विभागले निलम्बनमा राखेका भएपनि मन्त्रालयले उनीहरुको निलम्बन फुकुवा गरिदिएको हो ।

शंकास्पद कागजात पेश गरेको आशंकामा विभागले निलम्बन गरेर अनुसन्धान जारी राखेको भएप्नि मन्त्रालयले १४ कम्पनीकै निलम्बन फुकुवा गरिदिएको पाइएको हो । 

जापानी भाषा तथा संस्कृति सम्बन्धि तालिमको शंकास्पद प्रमाणपत्र पेश गरी श्रम स्विकृति लिर्इ नेपाली कामदारहरुलाई जापान पठाएको भन्ने उजुरी परेपछि विभागले ति १४ म्यानपावर कम्पनीलाई निलम्बन गरेको थियो । गत असोज १५ गते विभागले उक्त कम्पनीहरुलाई निलम्बन गरी अनुसन्धान गर्ने निर्णय गरेको थियो । 

निलम्बनमा पर्ने कम्पनीहरुमा गुड लाइफ इन्टरनेशनल इम्प्लोइमेन्ट एजेन्सी, सत्यवती ओभरसिज, डिएन इन्टरनेशनल नेपाल ओभरसिज इम्प्लोइमेन्ट एजेन्सी,  रोयल ओभरसिज नेपाल, जब्स ग्लोबल डटकम इम्प्लोइमेन्ट सर्भिसेस, लायन्स इन्टरनेशनल नेपाल, भण्डारी ओभरसिज, वर्ल्ड फेबर ओभरसिज, नेप इन्टरनेशनल, मन्जुश्री ओभरसिज, एनएनएस एसोसिएटस, क्यापिटल इन्टरनेशनल म्यानपावर, ग्राण्ड सुइट जब र अवतर ह्युमन रिसोर्स रहेका छन् ।

विभागका अनुसार यी कम्पनीहरुको अनुसन्धान अझै जारी छ । 

विभागले निलम्बन गरेको पत्रः


तर, मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट यी कम्पनीहरुको निलम्बन फुकुवा गर्ने निर्णय गरेको पत्र विभागमा पुगेको छ । मन्त्रालयले मसिंर १७ गते उनीहरुको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । मन्त्रालयले आफूले गरेको उक्त निर्णय कार्यान्वयनका लागि मसिंर १८ गते विभागमा पत्र पठाएको छ । यसपछि ति कम्पनीहरुको निलम्बन फुकुवा भएको छ ।

विभागले निलम्बन गरेपछि विभागको यस निर्णयमा पुनरावलोकनको माग गर्दै वैदेशिक रोजगार व्यवसायी संघ मन्त्रालयमा पुगेको थियो । संघले मन्त्रालयमा निवेदन दिएपछि मन्त्रालयले निलम्बन फुकुवा गरिदिएको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved