श्रम सचिवले नै भने, ‘श्रमिकलाई तालिम दिने नाममा लुट्ने काम हुँदो रहेछ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2024 | 11:48:07 AM मा प्रकाशित

laxmi  sunrise bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले श्रमिकलाई तालिम दिने नाममा लुट मच्चाइएको बताएका छन् । बिहीबार बसेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई तालिम नदिई केही संस्थाहरुले पैसा अशुलिरहेको बताएका हुन् । 

विदेश जाने श्रमिकले पूर्व अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था छ । जसको शुल्क ७ सय रुपैयाँ तालिम प्रदायक संस्थाले श्रमिकबाट उठाउँछन् । तर, तालिमका नाममा केही संस्थाले पैसा लिएर तालिम नदिई सर्टिफिकेट वितरण गरेको अनुगमनका क्रममा पाईएको सचिव भण्डारीले बताए । 

मन्त्रालयका सचिव भण्डारीको समेत सहभागितामा पछिल्लो समयमा भएको अभिमूखीकरण तालिम अनुगमनमा १५ वटा संस्थाहरूले म्यानपावर व्यवसायीसँग मिलेमतो गरेर प्रमाणपत्र दिएको भेटिएको थियो । ती संस्थाहरुलाई कारबाहीको प्रकृया अगाडि बढाइएको उनले समितिको बैठकमा बताए ।

यस्तै उनले अघिल्लो महिनामा १५ वटा प्रशिक्षण संस्थाको अनुगमन गरेको उल्लेख गरे । सो क्रममा तालिममा कामदार सहभागी नभएको पाइएको उनले बताए । यस्तै सचिव भण्डारीले श्रमिकबाट लिएको ७ सय मध्ये ४ सय म्यानपावर र ३ सय अभिमूखीकरण दिने संस्थाले लिएर प्रमाणपत्र विभागमा पेश गर्ने गरेको पाइएको पनि बताएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved