‘फ्री भिसा, फ्री टिकट' हटाउने गृहकार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2024 | 12:16:38 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ‘फ्री भिसा, फ्री टिकट’ हटाउने गृहकार्य भइरहेको बताएका छन् । बिहिबार संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री भण्डारीले  शून्य लागतमा कामदार पठाउन नसकिने भन्दै शुल्क तोक्ने विषयमा गृहकार्य भइरहेको बताए । 

उनले  ‘फ्री भिसा, फ्री टिकट’ लागू गर्न नसकिने भन्दै सरकारले लागत शुल्कको विषयमा गृहकार्य गरिरहेको उनले बताए । हाल कामदार पठाएबापत १० हजार सेवा शुल्क लिन पाउने व्यवस्था छ । तर, श्रमिकले लाखौं रुपैयाँ तिर्दै आएको उनको भनाइ छ । यस्तो अवस्थामा एकातिर श्रमिक खुलेआम ठगिइरहेको र अर्कोतर्फ राज्यले पाउनुपर्ने कर समेत गुमाइरहेको उनको भनाइ छ । 

‘मलेसियामा अहिले करीब ९ लाख नेपाली गएका छन् । ति मध्ये १५ हजार पनि शून्य लागतमा नगएको मन्त्रीको भनाई छ ।  शून्य लागत भन्नाले श्रमिकको हकमा एक पैसा पनि नलिने भन्ने भएको, तर त्यहाँ कुनै न कुनैले पैसा तिरेकै हुने उनले बताए ।

यसका सार्थ मन्त्री भण्डारीले फ्री भिसा, फ्री टिकटको विषयमा जनतालाई सही ढंगले बुझाउन नसकिएको धारणा व्यक्त गरे।   

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved