विवादका बीच संचालनमा आयो साउदी भिसा सेन्टर, राजदूत आफैले गरे उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2024 | 07:06:36 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंमा साउदी भिसा सेन्टरको उद्घाटन भएको छ । राजधानीको थापाथलीमा स्थापना गरिएको साउदी भिसा सेवा केन्द्रको नेपालका लागि साउदी अरेबियाका राजदूत साद बिन नासेर अबु हैमदले शुक्रबार उद्घाटन गरेका हुन् । 

उद्घाटन समाहरोमा बोल्दै राजदूत अबुहैमदले भिजिट भिसामा साउदी भ्रमण गर्न चाहनेले आफैंले केन्द्रमा आवेदन दिन सक्ने र रोजगारका लागि जाने नेपाली कामदारको भिसाका लागि नेपाली म्यानपावर कम्पनीहरूले भिसाका कागजातहरू दूतावासमा बुझाउन सक्ने बताए । उनले नेपाली कामदारको हकमा बायोमेट्रिक फिंगरप्रिन्ट प्रक्रिया लागू गरिएको र उक्त कार्य साढे चार अमेरिकी डलरमा सहजै गर्न सकिने प्रबन्ध मिलाइएको बताए ।

उद्घाटनका अवसरमा परराष्ट्र मन्त्रालयका कन्सुलर विभागका महानिर्देशक प्रकाशमणि पौडेल, दूतावासको कन्सुलर शाखा प्रमुख मन्सुर अल्मनसुर, साउदीको परराष्ट्र मन्त्रालय भिसा सेवा केन्द्रका पर्यवेक्षक नायफ अल–कहतानी र कम्पनीका प्रतिनिधि महमुद शेखको उपस्थिति रहेको थियो ।

विवादका बीच उद्घाटन

वैदेशिक रोजगार व्यवसायी संघले साउदी अरबमा नेपाली कामदार पठाउँदा बायोमेट्रीक गर्नेुपर्ने प्रणालीको विरोध गरिरहेको थियो।   मेडिकल पश्चात् बायोमेट्रीक गर्नुको कुनै औचित्य नभएको, यो सिस्टम खडा गरि लिमिट कोटा निर्धारण र चलखेल हुने सम्भावना बढेको, भिएसएफ गरेर पुनः साउदी अरब दूतावास काठमाडौको कन्सुलर शाखामा भिसाको लागि म्यानुवल राहदानी बुझाउनु पर्ने झन्झट रहेको, अनावश्यक कागजात पेश गर्नुपर्ने झन्झट थपिएको, बायोमेट्रीक प्रणाली मार्फत नियन्त्रण गर्ने र सिमित व्यवसायीलाई मात्रै काम गर्न दिन सक्ने व्यवस्था गर्दै एकाधिकार सृजना गर्ने प्रयत्न गरिएको संघले जनाएको छ । विवादका बीच शुक्रबार राजदुत आफैले भिसा सेन्टर उद्घाटन गरेका हुन् 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved