अब चाहेजतिले कोरिया जान फारम भर्न नपाउने, आवेदक कै कोटा तोक्ने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2024 | 10:23:02 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरियाली भाषा परीक्षा संचालन गर्दै आएको ईपीएस शाखा ग्वार्को दक्षिण कोरियाका लागि परीक्ष दिने युवाहरुको संख्या तोक्ने योजना बनाएको छ । आवेदकहरुको संख्या धेरै हुँदा वर्षभरिनै परिक्षा सञ्चालन गर्नु परेको भन्दै कोरियाले बारम्बार परीक्षा दिनेको संख्या तोक्न दबाब दिएपछि शाखाले आवेदकको संख्या तय गर्ने तयारी गरेको हो । 

 कोरियाले पठाएको पत्रका आधारमा शाखाले आवेदकको सिमा तय गर्न लागेको हो । शाखाकी निर्देशक मैयाँ कँडेलका अनुसार आगामी आवेदनबाट नै सिमा तोक्न लागिएको हो । एचआरडि कोरियाले रोजगारीका लागि माग गरिएको संख्याको ३ गुणा भन्दा बढीको आवेदन नलिन शाखालाई पत्र पठाएको उनले बताईन् । यसरी एचआरडीले २ पटकसम्म पत्र पठाएको उनको भनाई छ ।सोहि अनुसार शाखाले पनि सफ्टवेयरमार्फत सिमा निर्धारण गर्न लागेको निर्देशक कँडेलले जानकारी दिईन् । 

बङ्ग्लादेशमा कोरिया पठाउने कामदारहरू छनोट गर्न चिठ्ठा प्रणाली अवलम्बन गरिएको उल्लेख गर्दै उनले नेपालमा आफूहरूले सफ्टवेयरमार्फत् नै आवेदन दिनेहरूको अधिकतम सीमा सीमित तुल्याउन खोजेको बताइन्।

उनले भनिन् , “हामीले हेर्दा सबैभन्दा राम्रो उपाय भनेको सफ्टवेयरबाटै नियन्त्रण हो। त्यसका लागि हामीले दुई महिनापछि आवेदन खुल्दैछ भने दुई महिनाअघि नै हाम्रो सफ्टवेयर खुला गरिदिने र उहाँहरूले सबै कागजपत्र तयार गरेर बस्न दिने व्यवस्था गर्न लाग्दैछौँ। खुला भएपछि पैसा तिर्ने र आवेदन पेश गर्ने काम उहाँहरूले गर्नु पर्छ। त्यति दिनभित्र जति कोटा चाहिन्छ त्यो पूरा भएपछि हामी आवेदन लिन बन्द गर्छौँ।”

उनका अनुसार त्यही वर्ष अर्को पटक आवेदन खुलेको खण्डमा प्रणालीमा प्रविष्ट भइसकेका व्यक्तिले दोहोर्‍याएर आवेदन दिन पाउने छैनन्। “जो पर्नुभएको छैन उहाँहरूले निवेदन दिनुहुन्छ। यसो गर्‍यो भने व्यवस्थित पनि हुन्छ। नत्रभने वर्षभरि परीक्षा मात्रै लिने हुन्छ। एउटै क्षेत्रका कामदारका लागि सूची तयार गर्न लामो समय लाग्यो भने अर्को क्षेत्रको नखुल्ने जोखिम पनि आउनसक्छ।”

उनले श्रममन्त्री र सचिव तहको छलफलमा यस्तो प्रक्रिया अवलम्बन गर्ने बारे एक किसिमको सहमति भइसकेको भन्दै कोरियाली पक्षलाई पनि यसबारे जानकारी गराएको उल्लेख गरिन्। ईपीएस शाखाकी निर्देशक कँडेल भन्छिन्, “अब हामी यसलाई प्रचारप्रसार गर्ने, सफ्टवेयरलाई अद्यावधिक गर्ने र आवेदन अघिबाटै खुलाउनका लागि काम गर्छौँ।”

अहिले करिब १६ हजार ३०० कोटाका लागि १ लाख ६३ हजार जनाले निवेदन दिएपछि एउटा समूहको मात्रै भाषा परीक्षा हुनसकेको छ भने बाँकी दुई समूहको परीक्षा कात्तिक महिनासम्म लम्बिने अवस्था देखिएको छ। कँडेलले सफ्टवेयरबाट आवेदन लिँदा कोटाको तेब्बर सङ्ख्या पुगेपछि त्यो प्रणाली आफैँ बन्द हुने व्यवस्था आफूहरूले गर्न लागेको भन्दै कोरियाको ह्युमन रिसोर्स डिपार्टमेन्टलाई आफूहरूले पत्र पठाइसकेको बताइन्।

उनले भनिन्, “मन्त्रालयले निर्णय गर्ने बित्तिकै हामी यसलाई लागु गर्छौँ। यो हिसाबमा अघि बढ्ने भनेर सहमति भइसकेको छ भनेर हामीले लेखेर पठाइसकेका छौँ।”

पहिलो चरणको परीक्षामा सहभागी भएका ४० हजार ईपीएस भाषा परीक्षार्थीमध्ये ६ हजार ३ सयभन्दा बढी उत्तीर्ण भएका छन्। उनीहरूको सीपसम्बन्धी ज्ञानको परीक्षण वैशाख ९ गतेदेखि १५ गतेसम्मका लागि तोकिएको छ। 

शाखाका अनुसार यसपालि १ लाख ६३ हजारभन्दा बढीले आवेदन दिएका छन् जसमध्ये एउटा समूहको पहिलो चरणको परीक्षा सम्पन्न भएको छ।

झन्डै ८० हजार जना आगामी वैशाख ३१ बाट साउन १६ सम्म चल्ने परीक्षामा सहभागी हुने र बाँकी ३६ हजार रहेकाहरूले कार्तिकको २६ गतेदेखि पुसको २ गतेसम्म परीक्षा दिने भनिएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved