अर्थमन्त्रीका छोराको गुनासो 'सनसिटी अपार्टमेन्टमा बिजुली महशुल बढी भयो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2020 | 03:32:47 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाका छोरा तिलक खतिवडाले सनसिटी अपार्टमेन्टको बिजुली महशुल दर घटाउन आग्रह गरेका छन् । विद्युत नियम आयोगले आयोजना गरेको विद्युत महशुल निर्धारण सम्बन्धि भर्चुवल अन्तरक्रियामा उनले सनसिटी अपार्टमेन्टको बिजुलीको पुन: बर्गिकरण गर्न आग्रह गरेका हुन् ।

सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीका सचिव समेत रहेका खतिवडाले आफुहरुले व्यापारिक प्रयोजनको सरह बिजुली महशुल तिर्नु परेकोले घरायसी ग्राहक सरह महशुल निर्धारण गर्न माग गरेका हुन् । सनसिटीले सुरुमा व्यापारिक प्रयोजनको प्रसारण लाइनबाट सिधै बिजुली लिएर प्रयोग गरेको भएपनि अहिले भने हरेकले आफ्नो छुट्टै मिटर राखेकोले घरायसी सरह महशुल निर्धारण गर्न माग गरेका हुन् । 

उनले भने ' घरायसी ग्राहकले प्रति युनिट १० रुपैयाँको हाराहारीमा महशुल तिर्ने गरेको भएपनि सनसिटीमा बस्ने ५ सय परिवारले ब्यापारिक सरह प्रति युनिट १२ रुपैयाँ भन्दा बढी तिर्दै आएका छौ, हामी लगायत देशभरका अन्य हाउजिङमा बस्ने ग्राहकले प्रयोग गर्ने बिजुलीको बर्गिकरण पुनर्विचार गर्न सनसिटी ब्यबस्थापनको तर्फबाट आग्रह गर्दछु' ।

हरेक ग्राहक लालपुर्जा नै लिएर छुट्टाछुट्टै मिटर राखिसकेपछि घरायसी ग्राहक सरह महशुल लिन उनले आग्रह गरेका हुन् । साथै उनले अपार्टमेन्टमा एलपीजी ग्यास ठुलो मात्रामा प्रयोग हुने गरेकोले बिजुलीमा केहि सहुलियत पाए खाना पकाउने प्रयोजनको लागि बिजुलीको प्रयोग बढ्ने बताए ।

नियमन आयोगले नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको नयाँ महशुल दरबारे भर्चुअल अन्तरक्रिया मार्फत सरोकारवालासँग सुझाव संकलन गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved