नेपालबाट ५०० मेगावाट विजुली लैजान बंगलादेश तयार, १ महिना भित्रै सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2022 | 09:29:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालबाट ५०० मेगावाट विजुली लैजान बंगलादेश सहमत भएको छ। नेपाल र बंगलादेशका उर्जा सहसचिव स्तरीय संयुक्त कार्य समूह र सचिवस्तरीय संयुक्त निर्देशक समितिको काठमाडौँमा सम्पन्न बैठकले यसबारे निर्णय गरेको हो ।

संयुक्त निर्देशक समितिको बैठक नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सुशिल चन्द्र तिवारी तथा बंगलादेश सरकारको पावर, इनर्जी एण्ड मिनरल रिसोर्सेजका सचिव मोहमद हबिबुर रहमानको सह-अध्यक्षतामा सम्पन्न भएको हो।

बैठकले नेपाल र बंगलादेशबीच विद्युत व्यापार, नेपालको जलविद्युत विकासमा बंगलादेशको सरकारी तथा निजी लगानी, नेपाल र बंगलादेश बीच अन्तर्देशीय विद्युत प्रसारण लाइन, माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट बंगलादेशले आयात गर्ने ५०० मेगावाट विद्युतको खरिद तथा नेपाल र बंगलादेशबीच नवीकरणीय ऊर्जाको क्षेत्रमा सहयोग आदानप्रदान गर्ने लगायतका सहमति गरेको हो ।

बैठकले बंगलादेशको भेरामारामा अवस्थित एचभीडीसी (हाइ भोल्टेज डाइरेक्ट करेन्ट) संरचनाको बाँकी रहेको क्षमता उपयोग गरी नेपालबाट बंगलादेशमा प्रारम्भिक चरणमा ४०-५० मेगावाटसम्मको विद्यत निर्यात गर्न सकिने देखिएकोले नेपाल विद्युत प्राधिकरण (NEA), बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (BPDB) र एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड (NVWN) बीच त्रिपक्षीय विद्युत खरिद विक्री सम्झौता हुन NEA र BPDB ले NOWN लाई अनुरोध गर्ने निर्णय गरेको छ।

त्यस्तै जलविद्युत क्षेत्रमा सहकार्य गर्न नेपालवाट प्रस्तावित सुनकोशी-३ जलविद्युत आयोजना (६८३ मेगावाट) को विकासका सम्बन्धमा वातावरणीय अध्ययन प्रतिवेदन समेत यथाशीघ्र बंगलादेशी पक्षलाई उपलब्ध गराउने र अध्ययन प्रतिवेदनहरुमा बंगलादेश पक्षले छिट्टै आफ्नो धारणा दिने एवम् आयोजना विकासका लागि संयुक्त उपक्रम गठन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । 

नेपाल-बंगलादेश डेडिकेटेड विद्युत प्रसारण लाइन निर्माण गर्न बंगलादेश, भारत र नेपालबीच त्रिपक्षीय समझदारीका लागि दुवै पक्षले पहल गर्ने निर्णय बैठकले गरेको छ। बैठकले Solar Home System लगायत नवीकरणीय ऊर्जाको क्षेत्रमा सहकार्यको लागि नेपालको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) र बंगलादेशको Sustainable and Renewable Energy Development Authority (SREDA) बीच समझदारीको मस्यौदा SREDA ले एक महिनाभित्र AEPC लाई उपलब्ध गराउने निर्णय गरेको छ। बैठकले बंगलादेश पावर म्यानेजमेन्ट इन्ष्टिच्यूट (BPMI) ले दिने तालिम र जलविद्युत आयोजनाहरूमा नेपालले हासिल गरेको अनुभव आदानप्रदान कार्यक्रम लगायत द्विपक्षीय क्षमता अभिवृद्धिका लागि भावी कार्यदिशा तयार गर्न नेपाल-बंगलादेश संयुक्त प्राविधिक टोलीलाई जिम्मा दिने निर्णय गरेको छ ।

बैठकमा बंगलादेशले BPDB, NVVN र GMR कर्णाली जलविद्युत कम्पनी लिमिटेड बीच आगामी सेप्टेम्बर महिनाभित्र ५०० मेगावाट क्षमताको विद्युत विक्री सम्झौता (PSA) सम्पन्न हुने जानकारी गराएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved