कालीगण्डकी गर्ज हाइड्रोको विद्युत खरिद बिक्रि दर निर्धारण गर्न सार्वजनिक सुनुवाई हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2022 | 10:05:29 AM मा प्रकाशित

laxmi  sunrise bank

१८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत खरिद, बिक्री दर निर्धारण गर्न सार्वजनिक सुनुवाई हुने भएको छ । विद्युत नियमन आयोगले आगामी भदौ ३१ गते शुक्रबार सार्वजनिक सुनुवाई गर्न लागेको हो ।

नेपाल विद्युत प्राधिकरणले आयोगसमक्ष कालीगण्डकी गर्ज हाईड्रोपावर प्रा.लि.द्वारा प्रवर्द्धित कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्को खरिद, बिक्री दर निर्धारण तथा विद्युत् खरिद सम्झौतामा सहमतिका लागि पेश भएको निवेदनउपर छलफल गर्न सार्वजनिक सुनुवाई गर्न लागिएको आयोगले जनाएको छ ।

आयोगले सार्वजनिक सुनुवाई कार्यक्रममा उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानीय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरू, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालाहरूलाई सो कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। सार्वजनिक सुनुवाईमा आयोगको तर्फबाट अध्यक्ष दिल्ली बहादुर सिंह, सदस्यहरु रामेश्वर प्रसाद कलवार, भागिरथी ज्ञवाली, गौतम डंगोल र सचिव गोकर्ण राज पन्थ सहभागी हुने छन् । त्यस्तै नेपाल विद्युत प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ  र निर्देशक प्रबल अधिकारी सहभागी हुने छन्। त्यस्तै प्रबर्दक कम्पनी  कालीगण्डकी गर्ज हाईड्रोपावर प्रा.लि.को तर्फबाट अध्यक्ष सुवास चन्द्र सांघाई , संचालक सुशिल गुप्ता, सीएफओ अनिल अग्रवाल र  सीइओ यथार्थ पोखरेल सहभागी हुने छन् ।  

यो पिकिङ रन अफ द रिभर प्रकृतिको आयोजना हो । यो आयोजना मुस्ताङको धासाङ गाउँपालिका र म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्छ ।   सुख्खायामको पिकीङ समयमा योजनाको बिजुली प्रति युनिट १० रुपैयाँ ५५ पैसामा खरिद बिक्रिको प्रस्ताव गरिएको छ ।   त्यस्तै नन पिकीङ समयमा वर्षायाममा प्रति युनिट ४ रुपैयाँ ८० पैसा र सुक्खायाममा प्रति युनिट ८ रुपैयाँ ४० पैसा प्रस्ताव गरिएको छ  ।

नियमन आयोगले एक सय मेगावाटभन्दा माथिका आयोजनाहरूको लागि सार्वजनिक सुनुवाई मार्फत खरिद बिक्रि दर तय गर्ने ब्यबस्था गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved