उर्जा उद्यमीले वन मन्त्री समक्ष राखे ११ बुँदे माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2022 | 05:51:32 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान) ले वन तथा वातावरण मन्त्री प्रदिपकुमार यादवलाई भेटेर विभिन्न ११ बुँदे माग राखेको छ ।  ईप्पानका का.वा. अध्यक्ष गणेश कार्कीको नेत्तृत्वमा महासचिब गोरे शेर्पा, कार्यसमिति सदस्य बिक्रम बिष्टलगायतका ऊर्जा डेभलपर्सहरु मन्त्रालय पुगेर मागपत्र बुझाएका हुन् ।

माग पत्र बुझेपछि मन्त्री यादवले आफू ईप्पानका मागहरुप्रति सकारात्मक रहेको र आगामी हप्ता यस सम्बन्धमा मन्त्रालय र ईप्पानबिच बृहत छलफल गरेर निस्कर्षमा पुग्ने मौखिक सहमति भएको इप्पानले उल्लेख गरेको छ ।

यस्ता छन् इप्पानका माग :

१. निकुन्जभित्र र संरक्षण क्षेत्रभित्र पर्ने जलबिद्युत आयोजनाहरुले राष्ट्रिय निकुन्ज तथा बन्य जन्तु विभागमा आवश्यक सहमति लिन र EIA/IEE गर्न बर्षोदेखि आवेदन दिएर स्वीकृतिको लागि बसेका छन् । त्यस्ता आयोजनाहरुलाई आवश्यक सहमति र EIA/IEE को प्रक्रिया अघि बढाई तत्काल अध्ययन सहमति दिई EIA/IEE को प्रक्रिया अघि बढाई दिन हुन,

२ EIA/IEE गर्दाको समयमा रुख कटानी गर्ने समय सीमाभित्र केही कारणले रुख गन्तीमा त्रुटी वा रुख ढलेर रुखको संख्यामा कमी भएमा पुनः पुरक EIA/IEE गर्ने बिद्यमान ब्यवस्थालाई परिमार्जन गरी रुख संख्या घटेको छ भने जिल्ला बन अधिकृत (DFO) वा निकुन्ज कार्यालय वा आरक्षण क्षेत्र कार्यालय प्रमुखको सिफारिसमा स्वत: EIA/IEE सच्याउने ब्यवस्था गरिदिन हुन र जलबिद्युत आयोजना निर्माण गर्न कम्तिमा ७/८ बर्ष लाग्ने हुदा EIA/IEE को समयसीमा नराखिदिन हुन र त्यसैगरी रुख संख्या बढेको भए जिल्ला बन अधिकृत (DFO) को सिफारिसमा १५ दिनभित्र EIA/IEE संशोधन गरी यथाशीध रुख कटानीको स्वीकृति प्रदान गर्ने ब्यवस्था गरिदिन हुन,


३. राष्ट्रिय निकुञ्ज तथा आरक्षण क्षेत्रभित्र परेका आयोजनाहरुले जलविद्युतको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेपश्चात राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागबाट पहिला सर्वेक्षण गर्न सहमती र सो पश्चात वातावरणीय अध्ययन गर्न स्विकृति लिनुपर्ने ब्यवस्था झन्झटिलो भएकोल सर्वेक्षण तथा वातावरण अध्ययन स्विकृति एकैपटक दिने व्यवस्था गरिदिन हुन,

४. वातावरण अध्ययन स्वीकृत गर्ने प्रक्रिया ढिलो र झन्झटिलो रहेको छ । उक्त प्रक्रिया Result oriented हुनु पर्नेमा Process oriented रहेको छ । एउटै फाईल पटक-पटक श्रीमान सचिवज्यूकोमा स्वीकृतीका लागि पेश गरिरहनु पर्ने हुदा निर्णय प्रकृया ढिलो भइरहको छ । शाखा प्रमुख अथवा महाशाखा प्रमुखलाई पनि जिम्मेवार बनाउदै one window system मा काम सम्पन्न गर्ने प्रणालीको विकास गरेर यो समस्याको हल गरिदिनु हुन,


५. बन नियमावलीमा रहेको जलविद्युत् तथा प्रसारण लाईन आयोजनाहरुले उपयोग गर्ने बनको जग्गा प्राप्ती र सो जग्गामा रहेका रुख हटाउनको लागि मन्त्री परिषद्बाट स्विकृत भईसकेपछि सोही बराबरको जग्गा उपलब्ध नगराई रुख कटान गर्न नपाउने व्यवस्थाले आयोजना निर्माणमा ढिलाई भएकोले सो व्यवस्था हटाई २ वर्षभित्र जग्गा वा रकम उपलब्ध गराउने सम्झौता गरी रुख कटान र बनको जग्गा उपलब्ध गराउने व्यवस्था गरिदिन हुन र कुनै आयोजनाले रकम नतिरेमा ने.बि.प्रा.लाई पत्र लेखी सिधै सो राजश्व असुल्ने ब्यवस्था गरिदिन हुन,


६. राष्ट्रिय वन वा संरक्षित क्षेत्रभित्र निर्माण हुने 33 KV Transmission line को ROW को क्षतिपुर्ती दिनु नपर्ने ब्यवस्था गरिदिन हुन,

७. जलविद्युत आयोजनाहरुले प्रयोग गर्ने वनको जग्गालाई स्थायी प्रयोग र अस्थायी प्रयोग भनी छुटयाइन्छ । यसरी छुट्याएको जग्गामध्ये स्थायी प्रयोग हुने जग्गाको सोधभर्ना दिने तर अस्थायी प्रयोग हुने जग्गाको सोधभर्ना नदिने व्यवस्था गरिदिन हुन,

८. राष्ट्रिय वनमा भएको ब्यवस्था जस्तै, संरक्षित क्षेत्रको जग्गा प्रयोग गर्ने गरी बन्ने जलविद्युत आयोजनालाई जग्गाको सट्टा नगद तिर्न पाउने नियम बनाइदिन हुन,

९. नयाँ बन नियमावीले बढाएको राजश्व बन क्षेत्रको पुनर्विचार गरी घटाई दिन हुन र यस बारेमा ईप्पानको राय सल्लाह लिई दर निर्धारण गरिदिन हुन । साथै पटक-पटक करको दायरा नबढाई दिन हुन,

१०. जलबिद्युत आयोजनाहरुले प्रयोग गर्ने बन क्षेत्र ३५ बर्षपछि सरकारकै हुने हुनाले पटक-पटक राजश्जको दायरा नबढाउने ब्यवस्था गरिदिन हुन र कार्यविधि, निर्देशिका जारी गर्दा इप्पानको राय सल्लाह लिने ब्यवस्था गर्नुका साथै सम्बन्धित तालिम, सेमिनार तथा गोष्ठीमा इप्पानको प्रतिनिधित्व हुने ब्यवस्था गरिदिन हुन,


११. ऊर्जा मन्त्रालयको नयाँ नीति अनुसार आगामी दिनमा क्यु २५ मा डिजाईन गर्दा आयोजनाहरुको क्षमताको बृद्धि हुने हुदा बनिसकेका आयोजना वा निर्माणमा जान लागेका आयोजनाहरुले क्षमता बढाउँदा EIA/IEE मा उल्लेख भएको बन क्षेत्रभित्रै संरचना बन्ने भएमा पुरकक EIA/IEE गर्न नपर्ने र यसको जानकारी आयोजनाहरुले बन मन्त्रालयमा गराउँदा स्वतः स्वीकृति भएको मानिने ब्यवस्था गरिदिन हुन,

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved