विद्युत प्राधिकरणमा चार्जिङ्ग स्टेशनको शुभारम्भ, ७० पैसाको चार्जले एक किलोमिटर सरर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2022 | 01:58:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरण परिसरमा विद्युतीय सवारी चार्जिङ्ग स्टेशनको शुभारम्भ गरिएको छ। आज मंगलबार उर्जा मन्त्री पम्फा भुषालले चार्जिङ्ग स्टेशनको उद्घाटन गरेकी हुन्। 

प्राधिकरणका अनुसार स्टेशनमा २६ वटा GBT (ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागि) चार्जर र २५ वटा CCS (साना ठूला कारहरु) चार्जर रहेका छन्। यसको लागि आवश्यक NSP (National Service Provider) प्रणालीको विकास गरिएको छ। NSP मार्फत उपभोक्ताले अनलाइन बुकिङ्ग गर्न सक्नेछन्। चार्जको रकम भुक्तानीको लागि प्राधिकरणको मोबाइल एप्स प्रयोग गर्न सकिने प्राधिकरणले जनाएको छ।

 प्राधिकरणले निर्माण गरेको चार्जिङ्ग स्टेशनको क्षमता ६० किलोवाट डिसि + ६० किलोवाट डिसि + २२ किलोवाट एसी रहेको छ। यद्यपी १२० किलोवाट डिसी सम्म पनि सिङ्गल डिसि गनले गाडीहरु चार्ज गर्न सक्ने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको व्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ।

प्राधिकरणका अनुसार  गाडी चार्ज गर्दा कारहरुमा औसत ७० पैसा, एसयुभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा, र बसहरुमा १ रुपैयाँमा प्रति किलोमिटर खर्च लाग्छ । 

विद्युत खपत प्रबर्द्धन गर्नका लागि विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले देशका प्रमुख शहर तथा राजमार्गहरुमा द्रुत सवारी चार्जिङ्ग स्टेशनहरुको स्थापना गर्ने अभियानमा प्राधिकरण रहेको छ ।  यसका लागि देशका विभिन्न स्थानमा ५१ वटा चार्जिङ्ग स्टेशन स्थापना गर्ने कार्य भईरहेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved