१० करोड बराबरको टुटफुट तथा बेकम्मा सामान लिलाम गर्दै अपर तामाकोशी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2022 | 08:51:51 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले टुटफुट तथा बेकम्मा भई पुनः प्रयोग गर्न नसकिने सामानहरूको लिलाम गर्ने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै ति सामग्री खरिद इच्छुक व्यक्ति,संस्घ,संस्था वा कम्पनीलाई असोज ४ गतेसम्ममा आफुले खरिद गर्न चाहेको मूल्य सहित गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको हो । 

कम्पनीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण र जडानको सिलसिलामा टुटफुट तथा बेकम्मा भई पुन प्रयोग गर्न नसकिने फलामे छड पाइप/एजल/बीम/पाताका टुक्राहरू, प्लाष्टिक ड्रम, टायरहरू, विभिन्न खाले प्लाण्ट, पाइप, पानी ट्याङ्की आदिबाट निस्किएका कवाड सामानहरू, टायर, विभिन्न पुराना सवारी साधन र उपकरणहरू तथा तिनका पार्टहरू, व्याट्री, आल्मुनियम तथा तामाका तारहरू जस्ता कवाडीजन्य सामानहरूलगायत विविध सामानहरू जे जस्तो अवस्थामा छन् सोही अवस्थामा बोलपत्रबाट लिलाम बिक्री गर्न लागेको हो।

कम्पनीले यी सामानहरुले २ समुहमा वर्गीकरण गरेको छ । पहिलो समुहमा टुटफुट तथा बेकम्मा भई पुन प्रयोग गर्न नसकिने सामानहरू (प्लाष्टिक ड्रम, छड र स्टीलका टुक्राहरू, कक्रिट लाइनिङको फर्मा, टायरहरू आदि) रहेका छन् । कम्पनीले यी सामानको न्युनतम मूल्य ५ करोड ४ लाख ४६ हजार १ सय ९५ रुपैयाँ तोकेको छ । 

त्यस्तै अर्को समुहमा टुटफुट तथा बेकम्मा भई पुन प्रयोग गर्न नसकिने सामानहरू तथा अन्य कवाडीजन्य सामानहरू (फलामका ड्रम, फर्मा, विभिन्न खाले प्लाण्ट, पाइप, पानी ट्याड़ी आदिवाट निस्किएका कवाड सामानहरू, टायर, पुन प्रयोगमा ल्याउन नसकिने विभिन्न पुराना सवारी साधन र उपकरणहरू, तारहरू, आल्मुनियम तार, व्याट्री आदि) छन् ।  कम्पनीले यी सामानको न्युनतम मूल्य ४ करोड ८३ लाख ९ हजार ७  सय ४ रुपैयाँ तोकेको छ । 

हरेक समुहको लागि लिलामी आवेदन पेश गर्दा १५०० रुपैयाँ दस्तुर तिर्नु पर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो रकम फिर्ता हुने छैन । 

कम्पनीको ज्ञानेश्वर स्थित कार्यालय वा दोलखा स्थित आयोजनाको कार्यालयबाट थप जानकारी तथा आवश्यक कागजात लिन सकिने कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved