पश्चिम सेती र सेती नदी ६ को बिजुली भारतीय कम्पनी पीटीसीले खरिद गर्ने, एनएचपिसीसँग सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2022 | 10:39:22 AM मा प्रकाशित

laxmi  sunrise bank

७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी -६ जलविद्युत आयोजनाको बिजुली भारतीय कम्पनी पीटीसी इण्डियाले खरिद गर्ने भएको छ । नेपाल सरकारले  ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी -६ जलविद्युत आयोजना अध्ययन र निर्माणको जिम्माको भारतीय कम्पनी एनएचपीसीलाई सुम्पिएको थियो ।

एनएचपीसीले यी आयोजना बाट उत्पादन हुने बिजुली बिक्रिको लागि  पीटीसी इण्डियासँग सम्झौता गरेको हो । सम्झौता अनुसार यी दुई आयोजनाको बिजुली एनएचपीसीबाट पीटीसीले खरिद गर्ने छ र पीटीसीले उपभोक्ताहरुलाई बिक्रि गर्ने छ ।

एनएचपिसी र पीटीसी भारत सरकारकोको स्वामित्व भएको कम्पनी हो । 

आयोजना निर्माण अनुमति पाएर लामो समयसम्म काम नगरेपछि नेपाल सरकारले यी आयोजना चिनियाँ कम्पनी चाइना थ्री गोर्जेजबाट खोसेको थियो । त्यसपछि भारतीय कम्पनीलाई यी आयोजना दिईएको हो । लगानी बोर्ड र भारतीय कम्पनी एनएचपीसीबीच केहि समय अगाडी यी आयोजना अध्ययन र निर्माणको जिम्मा दिने सम्झौता भएको थियो । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved