विद्युत प्राधिकरणले खुलायो पीपीए, यी ६६ आयोजनाले सम्झौता गर्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2023 | 11:11:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले आरओआर प्रकृति अर्थात रन अफ दि रिभर आयोजनाको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) खुलाएको छ। प्राधिकरणको बिहिबार बसेको संचालक समितिको बैठकले  नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिका जलविद्युत आयोजनाको पीपीए खुलाउने निर्णय गरेको हो। 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तत्कालको लागि १५ सय मेगावाटको पीपीए खुलाउने निर्णय गरेको बिजपाटीलाई बताए। जलविद्युत कम्पनीहरुसँग गरिएको ग्रिड कनेक्सन सम्झौताका आधारमा पीपीए गरिने उनले बताए। सुरुमा पहिलो नम्बरमा ग्रिड कनेक्सन सम्झौता गरेका आयोजनाको पीपीए गर्ने र त्यसपछि क्रमश दोस्रो, तेस्रो नम्बरमा रहेका आयोजनाको पीपीए गरिने उनले प्रष्ट पारे ।  

यस हिसाबमा ग्रिड कनेक्सन सम्झौता गरेका ६६ वटा आयोजनाको पीपीए हुने देखिएको छ । तल दिइएको सूची मध्ये १ देखि ६६ नम्बरमा रहेका आयोजनाको पीपीए हुने देखिन्छ। ६६ औ नम्बरको आयोजनामा पुगेपछि प्राधिकरणले खुलाएको १५ सय मेगावाटको कोटा पुरा हुने छ । यद्यपि यसमा केहि तलमाथि हुन सक्ने देखिन्छ । 

यस्तो छ कनेक्सन एग्रिमेन्ट सम्झौतामा रहेका आयोजना : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved