तत्काल निजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन इप्पानको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2023 | 03:35:24 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले तत्काल निजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन आग्रह गरेको छ। आगामी वर्षा याममा विद्युत खेर जाने समस्या झन भयावह हुने भएकोले तत्काल  निजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन इप्पानले माग गरेको हो ।

निजी क्षेत्रलाई विद्युत खरिद बिक्रीको लागि सरकारले ढोका खोलिदिने हो भने आफूले उत्पादन गरेको विद्युतको आन्तरिक खपत र बाह्य व्यापारको लागि निजी क्षेत्र तयार रहेको इप्पानले जनाएको छ ।  नयाँ ऐन जारी गर्ने प्रक्रिया केही लामो हुने हुदा सरकारले मन्त्रिपरिषद् बाट पारित गरेर बिद्युत व्यापारको लागि निजी क्षेत्रलाई अबिलम्ब अनुमति दिन इप्पानले माग गरेको हो ।

इप्पानको पहलमा चार वर्षअघि स्वतन्त्र ऊर्जा उत्पादकहरुले नेपाल पावर एक्सचेन्ज लिमिटेड कम्पनी स्थापना गरेर बिद्युत व्यापारको लागि तयारी अवस्थामा रहेको इप्पानले उल्लेख गरेको छ। 

इप्पानका अनुसार गएको बर्षायाममा करिब दुई दर्जन निजी क्षेत्रका आयोजनाहरुको विद्युत प्राधिकरणले बिभिन्न बहानामा बिद्युत खरिद गरेन । जसका कारण करिब २ अर्व रुपैया बराबरको विद्युत खेर गयो भने निजी आयोजनाहरुले ठूलो आर्थिक नोक्सानी व्यहोर्न बाध्य भए। जब कि तत्कालीन अवस्थामा करिब २२ सय मेगावाट मात्र प्रणालीमा जोडिएको अवस्था थियो । चालु वर्षमा करिब ८ सय मेगावाट प्रणालीमा थपिएर करिब ३ हजार मेगावाट पुग्दै छ । यसले आगामी वर्षा याममा विद्युत खेर जाने समस्या झन भयावह हुने इप्पानले जनाएको छ।

त्यस्तै नेपाल बिद्युत प्राधिकरणको मिति २०७९ /१०/२६ गते बसेको सन्चालक समितिको बैठकले थप १५०० मेगावाटसम्मको नदी प्रबाही (आरओआर) जलबिद्युत आयोजनाहरुको बिद्युत खरिद बिक्री सम्झौता (पीपीए) खुला गर्ने निर्णयको इप्पानले स्वागत गरेको छ।   आरओआर आयोजनाहरुको पीपीए खुला गर्ने यस निर्णयले समग्र ऊर्जा क्षेत्रमा ठूलो राहत महसुस हुनुको साथै यो क्षेत्र उत्साहित भएको इप्पानले जनाएको छ । साथै स्वीकृत सीमाभन्दा बढी क्षमताका जलविद्युत आयोजनाको पीपीएको प्रारुप तय गर्न मन्त्रालयका सहसचिब संजीव कुमार देवको संयोजकत्वमा समिति गठन गरेको कुराले ईप्पानलाई थप उत्साहित बनाएको इप्पानले उल्लेख गरेको छ ।

१५ सय मेगावाटको पीपीए खुले पनि नेपाल बिद्युत प्राधिकरणमा २४० ओटा परियोजनाहरुले ११७१६ मेगावाट बराबरको पीपीएका लागि आबेदन गरेका छन् । यो समितिले आगामी दिनहरुमा बाँकी रहेका पीपीए पनि क्रमशः खुला गर्दै जाने वातावरण सिर्जना गर्ने छ भन्नेमा आशाबादी रहेको इप्पानले जनाएको छ । 

यसैगरी नेपाल विद्युत प्राधिकरणले सौर्य विद्युतको लागि बोलकबोलको अधिकतम दर ५. ९४ रुयैयाँ खरिद दर निर्धारण गरेकोमा यो दर समय सापेक्षित नभएको र यो दरले सौर्य आयोजनाहरु निर्माण गर्न नसकिने भएको हुदा सौर्य बिद्युतको दर पुनरावलोकन गर्न ईप्पानले माग गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved