राष्ट्रिय प्रसारण लाइनमा जोडियो माछाखोला आयोजनाको बिजुली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2023 | 02:18:09 PM मा प्रकाशित

laxmi  sunrise bank
विकास हाईड्रोपावर लिमिटेडद्वारा प्रबर्द्धन गरिएको माथिल्लो माछाखोला साना जलबिद्युत आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतीय माध्यमबाट यसको उद्घाटन गरेका हुन्।

आयोजना उद्घाटन गर्दै प्रचण्डले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास भएको बताए । उनले भने, ‘हामी सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लाग्ने छौं ।’
विकास हाइड्रोलेद्वारा प्रबर्द्धन गरिएको माथिल्लो माछाखोला साना जलबिद्युत आयोजनाको कुल क्षमता ४.५५ मेगावाट रहेको छ । यस आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेको छ। गैरआवासीय नेपाली (एनआरएन) सहितको लगानीमा यो आयोजना निर्माण सम्पन्न भएको हो

यस कम्पनीले आईपिओ निष्काशन गर्ने तयारी पनि गरिरहेको छ । कम्पनीले आईपिओ निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्ति गरिसकेको छ । कम्पनीले १३ लाख ८८ हजार ५ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved