जलविद्युतलाई निर्यात आयको स्रोतका रुपमा विकास गरिने, प्रशारण लाईन विस्तारमा लगानी बढाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2023 | 06:49:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले जलविद्युतलाई निर्यात आयको महत्त्वपूर्ण स्रोतका रुपमा विकास गर्ने जनाएको छ । आज संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जलविद्युतलाई निर्यात आयको स्रोतका रुपमा विकास गरिने जनाएका हुन् ।

उनले विद्युतीय यातायातको प्रयोग र घरायसी विद्युत खपतलाई बढावा दिइने पनि जनाएका छन् । ऊर्जा क्षेत्रमा स्वदेशी र विदेशी लगानी विस्तार गरिने र जलविद्युत उत्पादन तथा आन्तरिक र अन्तरदेशीय विद्युत प्रशारण लाईन विस्तारमा लगानी गरिने अर्थमन्त्री डा. महतले बताए । 

सुख्खा मौसममा विद्युत आपूर्तिमा आत्मनिर्भर हुन जलाशययुक्त विद्युत आयोजना विकासमा जोड दिइने पनि उनको भनाई छ । 

स्वच्छ ऊर्जाको पहुँच नपुगेको जनसंख्यालाई लक्षित गरी ग्रामीण विद्युतीकरण र वैकल्पिक ऊर्जाका कार्यक्रमहरू सञ्चालन गरिने र विद्युत खपतलाई प्रोत्साहन गरी पेट्रोलियम पदार्थ माथिको निर्भरता घटाइने अर्थमन्त्री महतले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved