सोमबारदेखि नेपाल र बंगलादेशबीच ‘ऊर्जा बैठक’, यस्ता छन् एजेन्डा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2023 | 06:12:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबारदेखि नेपाल र बंगलादेशबीच उर्जा वार्ता सुरु हुँदैछ । दुई देशबीच विद्युत व्यापारको वातावरण तयार गर्न नेपाल र बंगलादेशबीच छलफल हुन लागेको हो । 

बंगलादेशमा सुरु हुने वार्तामा पहिलो दिन संयुक्त कार्य समूहको बैठक बस्ने छ । दोस्रो दिन नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्नेछ । बैठकमा नेपालको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले गर्नेछन् भने बंगलादेशका तर्फबाट ऊर्जा सचिव हाबिबुर रहमानले नेतृत्व गर्नेछन् ।

विद्युत व्यापार थाल्नेबारे नेपालको विद्युत प्राधिकरण र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)बीच समझदारीमा हस्ताक्षर गर्ने बारे पनि छलफल हुनेछ । समझदारीपत्रको मस्यौदा बनिसकेको छ । उक्त मस्यौदामा दुवै देशले आन्तरिक छलफल पनि गरेका छन् । 

नेपालले बंगलादेशमा लिखु–४ जलविद्युत आयोजनाबाट उत्पादित बिजुली बेच्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावमा भारतको सहमति लिएर भारतले आफ्नो प्रसारणलाइन प्रयोग गर्न अनुमति दिएपछि नेपालले बंगलादेशसँग विद्युत व्यापार गर्नेछ । 

४० देखि ५० मेगावाट बिजुली बंगलादेशमा निकासी गर्नेबारे प्रशारणलाइन प्रयोगका लागि भारत सरकारसँग सहयोग लिन नेपालले कुरा गरिरहेको छ । 

सँगै, नेपाल र बंगलादशेबीच प्रसारण पूर्वाधार निर्माणबारे पनि यसपटकको वार्तामा छलफल हुनेछ ।

बैठकमा सुनकोशी–३ आयोजना निर्माणका सम्बन्धमा पनि छलफल हुनेछ । यो परियोजना नेपाल र बंगलादेशले संयुक्त रुपमा बनाउने सहमति भइसकेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved