आगामी नेतृत्वको लागि हाइड्रो व्यवसायीको सँस्था इप्पानको निर्वाचन कार्यतालिका सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2023 | 11:23:42 PM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रो व्यवसायीहरुको साझा सँस्था स्वतन्त्र उर्जा उत्पादक संस्था इप्पानमा नयाँ कार्यसमितिको लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ। निर्वाचन समितिले जेठ २९ गतेदेखि सुरु हुने निर्वाचन कार्यक्रमकाे तालिका सार्वजनिक गरेको हो। 

निर्वाचन समितिकाअनुसार जेठ ३० गते उमेद्वारहरूकाे मनाेनयन दर्ता खुल्ला गरिनेछ भने जेठ ३२ गते साधारणसभा सम्पन्न भएपश्चात आवश्यकता भए निर्वाचन गराएर नयाँ नेतृत्वलाई प्रमाणपत्र वितरण हुनेछ। 

निर्वाचन समितिले दिएको जानकारीअनुसार जेठ २९ गते दिनको २ बजे मतदाता नामावली सार्वजनिक हुनेछ भने मतदाता नामावलीमा दावी विरोधका लागि सोही दिन २:१० देखि ३:३० सम्मको समय दिइएको छ। दावी विरोधमाथि छानबिन गर्ने कार्य सकेर जेठ २९ गते ५ बजे अन्तिम मतदाता नामावली प्रकाशित हुनेछ। 

उम्मेदवारी दर्ताको लागि जेठ ३० गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिइएको छ । सोहि दिन ३:३० बजे उम्मेदवारहरुको नामावली प्रकाशन हुनेछ। र  ४:३० बजेसम्म उम्मेदवारको नामावलीमा दावी विरोध गर्न पाइनेछ ।

दावी विरोधमाथि ५ बजेसम्म छानबिन गर्ने कार्यतालिका रहेको छ। ३० गते बेलुका ५ बजेदेखि ३१ गते दिनको ४ बजेसम्म उम्मेदवारहरूले चाहेमा उम्मेदवारी फिर्ता लिन समय दिइनेछ। जेठ ३२ गते २१ औं साधारणसभाको बन्दसत्रपछि मतदान गर्ने कार्यतालिका तय भएको छ । मतदान पछि ३२ गते नै निर्वाचनको मतपरिणाम सार्वजनिक हुने छ । 

आगामी नेतृत्त्वको लागि अध्यक्षमा गणेश कार्की र किरण मल्लविच प्रतिस्पर्धा हुने देखिन्छ। वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी, महासचिवमा बलराम खतिवडा र उप-महासचिवमा प्रकाश दुलालले प्रतिस्पर्धा गर्दैछन्। 

५ जना उपाध्यक्षका लागि सिए आशिष गर्ग, अधिवक्ता भरतबहादुर खत्री, रामप्रसाद आचार्य, ई. आनन्द चौधरी, उत्तमा भ्लोन लामा र हिमप्रसाद पाठकले प्रतिस्पर्धामा उत्रने तयारी गरेका छन् ।५ जना सचिवमा भरत खड्का, विक्रम विष्ट, अविज्ञा मल्ल, कविता कँडेललगायतले प्रतिस्पर्धा गर्दै छन् । कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्थले कार्कीको प्यानलबाटै प्रतिस्पर्धा गर्दैछन् । 

सदस्यहरूमा सिए उत्तर कुमार श्रेष्ठ, शंकर बस्याल, ई. मिथुन पौडेल, कुवेरमणी नेपाल, ई. कदम केसी, ई. दीपक पौडेल, टि.एन. आचार्य, मोहन कार्की, ई. सुवास बराल, ई. पुस्कर ढुङ्गेल, ई. गोपाल निउरे, सिताराम तिमल्सिना, जगदिशबहादुर पाल, तारा सुब्बा, भरत पराजुली लगायत प्रतिस्पर्धामा छन् । महिला सदस्यमा सुमन जोशी, सुसन कर्माचार्य, इन्दिरा पन्त, रजनी थापा, इशा श्रेष्ठले प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।

अध्यक्षका प्रत्यासी किरण मल्लले अहिलेसम्म आफ्नो टिमबाट को को उठ्ने भन्ने घोषणा गरेका छैनन्। यद्दपि अध्यक्षका प्रत्यासी किरण मल्लसँग सहमतिको प्रयास जारी रहेको अध्यक्षका अर्का प्रत्यासी गणेश कार्कीले बिजपाटीलाई बताए।

सकेसम्म सहमतीमै आगामी नेतृत्त्व चयन हुनेमा आफु विश्वस्त रहेको र त्यहिअनुसारकै प्रयास जारी गरिरहेको कार्कीले बताए। आफुलाई अध्यक्षको लागि इप्पानका ४५० मध्ये ३०० प्लस सदस्यको साथ रहेकाले आफ्नो जित सुनिस्चित भएपनि सकेसम्म सहमतिमै आगामी नेतृत्त्व चयन गर्ने प्रयास हुने उनको भनाई छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved