इप्पानको निर्वाचनमा अध्यक्षका उम्मेदवार किरण मल्लको टिम घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2023 | 11:31:05 AM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रो व्यवसायीहरुको सँस्था स्वतन्त्र उर्जा उत्पादक संस्था इप्पानको निर्वाचनमा अध्यक्षका प्रत्यासी किरण मल्लले आफ्नो टिम घोषणा गरेका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका मल्लले आज आफ्नो टिम सार्वजनिक गरेका हुन् । 

उनको टिममा बरिष्ठ उपाध्यक्षमा गोरे शेर्पा उम्मेदवार रहेका छन् ।  त्यस्तै उपाध्यक्षहरुमा हिम पाठक, भरत नेपाल , आशिष गर्ग, उत्तम ब्लोन लामा, भरत खत्री ,र  राम प्रसाद आचार्य उम्मेदवार रहेका छन् । महासचिवमा बलराम खतिवडा र  उपमहासचिवमा प्रकाश दुलाल उम्मेदवार छन् । त्यस्तै कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त उम्मेदवार छन् भने सचिवमा  भरत खड्का, विक्रम बिष्ट र कविता कंडेल उम्मेदवार छन् ।  सदस्यहरुमा उत्तम कुमार श्रेष्ठ, कदम केसी ,दिपक पौडेल, विनोद देवकोटा, हुमाकान्त चौलागाई, विकास श्रेत्षा, कुबेर नेपाल, श्याम श्रेष्ठ,सिताराम तिमल्सिना, मोहन कार्की, टिएन आचार्य, तारा सुब्बा, शंकर बस्याल, अर्जुन बन्धु रेग्मी र पदम गुरुङ उम्मेदवार छन् ।   

केहि उम्मेदवार दुवै पक्षको साझा उम्मेदवारको रुपमा रहेको मल्लले बताएका छन्  ।   मल्लले आज साँझ ५ बजे  लैनचौरको माई च्वाइस रेस्टुरेन्टमा औपचारिक कार्यक्रम गरेर औपचारिक रुपमा टिम घोषणा गर्ने तयारी गरेका छन् । 

निर्वाचन समितिकाअनुसार जेठ ३० गते उमेद्वारहरूकाे मनाेनयन दर्ता खुल्ला गरिनेछ भने जेठ ३२ गते साधारणसभा सम्पन्न भएपश्चात आवश्यकता भए निर्वाचन गराएर नयाँ नेतृत्वलाई प्रमाणपत्र वितरण हुनेछ। 

निर्वाचन समितिले दिएको जानकारीअनुसार जेठ २९ गते दिनको २ बजे मतदाता नामावली सार्वजनिक हुनेछ भने मतदाता नामावलीमा दावी विरोधका लागि सोही दिन २:१० देखि ३:३० सम्मको समय दिइएको छ। दावी विरोधमाथि छानबिन गर्ने कार्य सकेर जेठ २९ गते ५ बजे अन्तिम मतदाता नामावली प्रकाशित हुनेछ। 

उम्मेदवारी दर्ताको लागि जेठ ३० गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिइएको छ । सोहि दिन ३:३० बजे उम्मेदवारहरुको नामावली प्रकाशन हुनेछ। र  ४:३० बजेसम्म उम्मेदवारको नामावलीमा दावी विरोध गर्न पाइनेछ ।

दावी विरोधमाथि ५ बजेसम्म छानबिन गर्ने कार्यतालिका रहेको छ। ३० गते बेलुका ५ बजेदेखि ३१ गते दिनको ४ बजेसम्म उम्मेदवारहरूले चाहेमा उम्मेदवारी फिर्ता लिन समय दिइनेछ। जेठ ३२ गते २१ औं साधारणसभाको बन्दसत्रपछि मतदान गर्ने कार्यतालिका तय भएको छ । मतदान पछि ३२ गते नै निर्वाचनको मतपरिणाम सार्वजनिक हुने छ । 

आगामी नेतृत्त्वको लागि अध्यक्षमा गणेश कार्की र किरण मल्लविच प्रतिस्पर्धा हुने देखिन्छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved