हाइड्रोहरुले सुरु मै आईपिओ ल्याउन पाउनु पर्छ, ऋणको लागि बैंकको मुख नहेरौ: राजेन्द्र मल्ल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2023 | 01:04:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले जलविद्युत कम्पनीले आयोजना निर्माण सुरु हुना साथ आईपिओ निष्काशन गर्न पाउनु पर्ने व्यवस्था गर्न माग गरेका छन् । यसको लागि स्वतन्त्र उर्जा उत्पादकहरुकाे संस्था नेपाल (इप्पान) ले पहल गर्नु पर्ने उनले बताएका  हुन् 

इप्पानको भावी नेतृत्वको लागि गणेश कार्कीको उम्मेदवारी घोषणा सभामा पुगेका मल्लले जलविद्युत कम्पनीहरुले ऋणको लागि बैंकको मुख ताक्नु पर्ने व्यवस्था अन्त्य गर्नु पर्ने र आयोजना सुरु हुना साथ आईपिओ मार्फत रकम संकलन गर्ने व्यवस्था गर्न उनले माग गरेका हुन् 

त्यस्तै मल्लले इप्पानमा सहमतिबाट नै अध्यक्ष चयन गर्न आग्रह गरेका छन् । उनले इप्पानको अब आउने नेतृत्वले साना आयोजना हरुको लागि हक हितको लागि काम गर्नु पर्ने बताएका छन् 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved