'प्रधानमन्त्रीले नवीकरण नै नभएको अवैध संस्थाको एजिएम उद्घाटन गर्न मिल्छ?'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2023 | 10:15:53 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले आर्थिक वर्ष २०७९/८० को लागि संस्था नै नवीकरण नगरेको आरोप लागेको छ । बिहिबार संस्थाको साधारणसभा गर्न लागेको इप्पानमाथि संस्था नै नवीकरण नगरेको आरोप लागेको हो ।

इप्पानको साधारण सदस्य सुर्य प्रसाद अधिकारीले इप्पान २०७९ असार मसान्तसम्म नवीकरण रहेको र त्यसपछि आफुहरुले पटक पटक नवीकरणको लागि आग्रह गर्दा पनि संस्थाले वास्ता नगरेको बताएका हुन् । जिल्ला प्रशासन कार्यालयले समेत आफुहरुलाई संस्था नवीकरण नै नरहको जानकारी गराएको उनले उल्लेख गरे ।

इप्पानले बिहिबार साधारणसभा गर्न लागेको , र साधारणसभाको उद्घाटन प्रधानमन्त्रीले नै गर्ने भएकोले देशको प्रधानमन्त्रीले नवीकरण नै नभएको अवैध संस्थाको उद्घाटन प्रधानमन्त्रीबाट नहोस् भन्ने आफुले चाहेको अधिकारीले बताए । उनले देशको प्रधानमन्त्री जस्तो मान्छेले नवीकरण नै नभएको अवैध संस्थाको साधारणसभा उद्घाटन गर्न मिल्ने कि नमिल्ने भन्दै प्रश्न गरेका छन् ।

इप्पानमा संस्थागत सुशासन नै कमजोर रहको अधिकारीले बताए। इप्पान आफ्नो पनि संस्था भएको र संस्थाको सुशासन बलियो होस् भन्ने चाहनाले संस्था र सदस्यको हितको लागि विभिन्न माग सुझावहरु संस्था समक्ष राखे पनि त्यसको कुनै सुनुवाई नभएको उनले गुनासो गरे ।

इप्पानका हालका महासचिव गोरे शेर्पाले पनि संस्थाको नविकरण नभएको बताए । पछिल्लो समय इप्पानको कार्य समितिले आफुलाई बाईपास गरेको बताउदै महासचिव शेर्पाले कार्यसमिति मै आफुमाथि हातपात हुने अवस्था समेत आएको बताए। त्यस्तै इप्पानमा कार्यसमिति सदस्य रहेकी अविज्ञा मल्लले पनि संस्था नवीकरण नरहेको बिजपाटीलाई बताईन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved