किरण मल्लको आरोप 'अदालतको इजलाशमा इप्पानका निर्वाचन अधिकृत गएर मुद्दा नै प्रभावित पारे'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2023 | 11:01:51 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानमा अध्यक्ष पदको लागि उम्मेदवारी दिएका किरण मल्लको उम्मेदवारी निर्वाचन समितिले रद्द गरेको छ । उम्मेदवारी रद्द भएपछि मल्लले आफ्नो कानुनी लडाई जारी रहने बताएका छन् ।

पत्रकार सम्मेलन गर्दै उनले षड्यन्त्रपुर्वक आफ्नो मात्र नभई आफ्नो टिमबाट उम्मेदवारी दिएका सबैको उम्मेदवारी रद्द गराएको उनले बताए । उनले विधानको व्यवस्था विपरित निर्वाचन निर्देशिका बनाएर आफुहरुलाई कार्यसमितिमा आउन नै नदिने प्रपन्च रचेको बताए ।

हालका अध्यक्ष रहेका कृष्ण प्रसाद आचार्य पनि पुरानो कार्यसमितिमा नबसी सिधै अध्यक्ष बनेको स्मरण गर्दै आफुहरुलाई चुनाव लड्न पनि नदिएको उनले बताए । मल्लले आफुलाई अन्याय भएको भन्दै पाटन उच्च अदालतमा मुद्दा दायर गरे पनि इप्पानका निर्वाचन अधिकृतले अदालतको इजलाश मै गएर मुद्दालाई प्रभावित पारेको बताए ।

मल्लले भने 'इप्पानका निर्वाचन अधिकृत इजलाशमा गएर हामीहरुले सबैको उम्मेवारी दर्ता गरेका छौ, कसैलाई पनि रोकेका छैनौ भन्नु भयो । त्यसकै आधारमा अदालतले हामीले माग गरे बमोजिम अन्तरिम आदेश दिएन। अदालतबाट आउना साथ हामीलाई उम्मेदवारी रद्द गरिएको पत्र थमाउनु भयो । उहाँहरु मलाई रोक्न अदालतसम्म पुगेर यस्तो षड्यन्त्र गर्नुभयो'।

मल्लले इप्पानको निर्देशिका बारे आफुले बरिष्ठ कानुनविद तथा अधिवक्ताहरुसंग छलफल गर्दा इप्पानको निर्वाचन निर्देशिका विधानको व्यवस्था विपरित नै देखिएको भन्ने राय पाएकोले कानुनी लडाई जारी रहने बताए ।

त्यस्तै इप्पानले बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका सुर्य प्रसाद अधिकारीको पनि उम्मेदवारी रद्द गरिदिएको छ । अधिकारीले हालको निर्वाचन निर्देशिका खारेज गरि पुन: सुरु देखि निर्वाचन प्रक्रिया सुचारु नगरिए ठुलो दुर्घटना हुने चेतावनी दिएका छन् ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved