इप्पानको नयाँ लोगो सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2023 | 10:09:20 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र उर्जा उत्पादक संघ इप्पानको नयाँ लोगो सार्वजनिक भएको छ । २१ औ साधारणसभाको अवसर पारेर इप्पानले औपचारिक रुपमा आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो  

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हायात रिजेन्सी होटेलमा आज साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा विशेष अथितिको रुपमा उर्जा मन्त्री, अर्थ मन्त्री, र वन मन्त्री पनि रहने तय भएको इप्पानले जनाएको छ। साधारणसभाको अवसरमा इप्पानले पूर्व सचिव सुर्य नाथ उपाध्यायलाई उर्जा ज्योति सम्मान प्रदान गर्ने भएको छ । त्यस्तै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई 'इप्पान स्पेसन अनर्स २०२३' बाट सम्मान गर्ने कार्यक्रम रहेको इप्पानले जनाएको छ । त्यस्तै डा. भगवान कोइरालाको बाल अस्पताललाई ११ लाख सहयोगको छेक हस्तान्तरण गर्ने कार्यक्रम रहेको इप्पानले उल्लेख गरेको छ 

इप्पानका अनुसार बन्दसत्र भने सवा १ देखि सुरु हुने छ । आज नै इप्पानको नयाँ नेतृत्व चयनको लागि निर्वाचन हुने छ । सदस्य बाहेकका सबै पदमा भने निर्विरोध उम्मेदवार चयन भईसकेकोले सदस्य पदको लागि मात्र चुनाव हुने इप्पानले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved