बुटवल पावरले बनाउने तल्लो मनाङ मर्स्याङ्दी आयोजनाको पिपिए तय गर्न सर्वजनिक सुनुवाई हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2023 | 09:11:19 AM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल पावर कम्पनी लिमिटेडले बनाउने तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री दर (पिपिए) निर्धारण गर्न सार्वजनिक सुनुवाई हुने भएको छ । विद्युत नियमन आयोगले आगामी असार १८ गते सार्वजनिक सुनुवाई गर्न लागेको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष , सदस्यहरु तथा सचिव, नेपाल विद्युत प्राधिकरणबाट कार्यकारी निर्देशक र निर्देशक, तथा बुटवल पावर कम्पनीबाट प्रमुख कार्यकारी अधिकृत सहितका अन्य उच्च तहका कर्मचारी उपस्थित हुने आयोगले जनाएको छ ।

नियमन आयोगले १३९.२ मेगावाटको सो आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री दर निर्धारण गर्ने सम्वन्धमा सरोकारवालाहरूबाट राय, सुझाव तथा प्रतिक्रिया लिन सार्वजनिक सुनुवाई गर्न लागेको हो ।  आयोगले सार्वजनिक सुनुवाई कार्यक्रममा उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानीय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरू, सम्बन्धित स्थानीय तहका प्रतिनिधि, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालाहरूलाई सहभागी हुन आह्वान गरेको छ। सरोकारवालाहरूले लिखित रूपमा एवम् आयोगको इमेल ठेगाना ([email protected]) मार्फत समेत आफ्नो राय, सुझाव तथा प्रतिक्रिया पेश गर्न सक्ने जनाएको छ ।

कस्तो हो आयोजना ? 

तल्लो मनाङ मस्याङ्दी जलविद्युत आयोजना क्यास्केड अर्धजलाशययुक्त (Cascade Peaking Run of River) आयोजना हो । आयोजनाको प्रबर्द्धक संस्था विद्युत बिक्रीकर्ता बुटवल पावर कम्पनी लिमिटेड हो । आयोजनाको जडित क्षमता १३९.२ मेगावाट (विद्युत खरिद बिक्रीको सम्झौताको मस्यौदाअनुसार), १४० मेगावाट (विद्युत उत्पादनको अनुमतिपत्रअनुसार १४० मेगावाट भए तापनि विद्युत विकास विभागबाट १३९.२ मेगावाटको सैद्धान्तिक सहमति लिइसकेको) रहेको छ ।

 आयोजना मनाङ जिल्ला नासों गाउँपालिका साविक ताचैवगरछाप, थोंचे र धारापानी गाविसमा अवस्थित छ ।  नेपाल विद्युत प्राधिकरणबाट प्रस्तावित आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री दर वर्षायाममा प्रतियुनिट रु. ४.८० र सुख्खायाममा प्रतियुनिट रु.८.४० रहेको छ ।  प्रस्तावित आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री दरको मूल्यवृद्धि हुने पटक र प्रतिशत वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यवृद्धि हुने उल्लेख छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved