२४ अर्ब लागतमा स्पार्कले तमोर मेवा आयोजना बनाउने, पीपीएको लागि सार्वजनिक सुनुवाई हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2023 | 09:40:26 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले बनाउने तमोर मेवा जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री दर (पीपीए) निर्धारण गर्न सार्वजनिक सुनुवाई हुने भएको छ । विद्युत नियमन आयोगले आगामी भदौ २९ गते सार्वजनिक सुनुवाई गर्न लागेको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंह, आयोगका सदस्यहरु भागीरथी भट्टराई गय्वाली, र गौतम डंगोल तथा आयोगका सचिव गोकर्ण राज पन्थ उपस्थित हुने छन् । त्यस्तै नेपाल विद्युत प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र निर्देशक प्रबल अधिकारी उपस्थित हुने छन्। प्रबर्दक कम्पनी स्पार्क हाइड्रोइलेक्ट्रिकको तर्फबाट अध्यक्ष भानेन्द्र कुमार लिम्बु, प्रबन्ध संचालक सुदिप कुमार चौधरी लगायत अन्य उच्च तहका कर्मचारी उपस्थित हुने आयोगले जनाएको छ । 

नियमन आयोगले १२८ मेगावाटको सो आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री दर निर्धारण गर्ने सम्वन्धमा सरोकारवालाहरूबाट राय, सुझाव तथा प्रतिक्रिया लिन सार्वजनिक सुनुवाई गर्न लागेको हो ।  आयोगले सार्वजनिक सुनुवाई कार्यक्रममा उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानीय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरू, सम्बन्धित स्थानीय तहका प्रतिनिधि, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालाहरूलाई सहभागी हुन आह्वान गरेको छ। सरोकारवालाहरूले लिखित रूपमा एवम् आयोगको इमेल ठेगाना ([email protected]) मार्फत समेत आफ्नो राय, सुझाव तथा प्रतिक्रिया पेश गर्न सक्ने जनाएको छ ।

कस्तो हो आयोजना ? 

 १२८ मेगावाटको यो आयोजना रन अफ रिभर प्रकृतिको आयोजना हो । यो आयोजना ताप्लेजुङ जिल्लाको आठराई-त्रिवेणी  गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित रहको छ । आयोजनाको कुल लागत २४ अर्ब २३ करोड अनुमान गरिएको छ  । नेपाल विद्युत प्राधिकरणबाट प्रस्तावित आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री दर वर्षायाममा प्रतियुनिट रु. ४.८० र सुख्खायाममा प्रतियुनिट रु.८.४० रहेको छ ।  प्रस्तावित आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री दरको मूल्यवृद्धि वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यवृद्धि हुने उल्लेख छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved