३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्दै दिपक मलहोत्राको टाइम्स इनर्जी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2023 | 09:54:57 AM मा प्रकाशित

laxmi  sunrise bank

 टाइम्स इनर्जी प्रालिले ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले विद्युत उत्पादन अनुमतिपत्रको लागि विद्युत विकास विभागमा आवेदन दिएको छ ।  यो कम्पनी व्यवसायी दिपक मलहोत्रा अध्यक्ष रहेको आइएमएस ग्रुप अन्तर्गतको कम्पनी हो । 

 प्रस्तावित आयोजना निर्माण तथा संचालन गर्दा आयोजनास्थलमा उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा  ३५  दिनभित्र विद्युत विकास विभाग वा उक्त कम्पनीको कार्यालय समक्ष आफनो लिखित राय सुझाव / प्रतिक्रिया पेश गर्न विभागले सरोकारवालाहरुलाई आग्रह गरेको छ। 

टाइम्स इनर्जीले गण्डकी प्रदेश अन्तर्गत पर्ने गोरखा जिल्लाको चुमनुव्री र धार्चे गाउँपालिका भएर बग्ने बुढीगण्डकी नदीको पानीको उपयोग गरी अर्धजलाशय प्रारूपमा आधारित (Peaking Run off River (PROR) Type) ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण गर्न लागेको हो । टाइम्स इनर्जी प्रा.लि. कम्पनी ऐन २०६३ बमोजिम मिति २०६७ सालमा स्थापना भएको संस्था हो । यसको मुख्य उद्देश्य विद्युत उत्पादन प्रसारण तथा बिक्री वितरण गर्ने लगायत रहेको छ ।

यो दैनिक ५ घण्टाको दरले पिकिङ्ग हुने गरी अर्धजलाशययुक्त (Peaking Run of River) प्रकारको आयोजना हो र जडित क्षमता ३४१ मे. वा. रहनेछ । यसको डिजाइन वहाव Design Discharge १०० २७ घनमिटर प्रति सेकेण्ड र कूल हेड (Gross Head) ३९८ मी. रहनेछ । आयोजनाको वार्षिक सरदर १८३७.१६ गिगावट घण्टा (GWh) विद्युतीय ऊर्जा उत्पादन हुनेछ ।

आयोजनको मुख्य संरचनाहरु बुढीगण्डकी नदीको दायाँ किनारामा पर्दछन् । बुढीगण्डकी नदीमा बाध बांधी खोलाको दायापट्टि निर्माण हुने Intake बाट पानी फर्काई सो पानीलाई आयोजनाको मुख्य संरचानाहरु Settling Basin, Headrace Tunnel, Surge Shaft, Penstock हुदै भूमिगत विद्युत गृहमा लगिने छ। तत्पश्चात Tailrace Tunnel मार्फत बुढीगण्डकी नदीमा पठाइनेछ ।

आयोजनाबाट उत्पादित ऊर्जालाई ९७५ मि. लम्बाई १४ मि. चौडाइ र १८ मि. उचाई हुने गरी विद्युत गृह नजिकै बनाइने भूमिगत ट्रान्सफरमर क्याभर्नमा जडान हुने ११/२२० के. भि. २२.०२ एम. भि. ए. क्षमता भएका १८ वटा १ Phase Power Transformers बाट करिव ४५ किलोमिटर लम्बाइमा रहेका नेपाल विद्युत प्राधिकरणको प्रस्तावित रातमाटे सब-स्टेशनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिने छ ।

प्रस्तावित आयोजनाको बाँध क्षेत्र भन्दा तल्लो तटिय क्षेत्रमा पाइने जीवजन्तु जलचर तथा बोटविरुवाको लागि स्वीकृत वातावरणीय प्रभाव मूल्याकन (EIA) अध्ययन प्रतिवेदन अनुसार बुढिगण्डकी नदिमा निरन्तर पानी छाड्ने प्रस्ताव गरिएको छ। यो आयोजनाको मिति २०८५ साल चैतमा विद्युत उत्पादन हुने प्रस्ताव गरिएको छ ।

आयोजनाको निर्माण तथा सञ्चालन गर्दा विद्युत ऐन, २०४९ को दफा २४ बमोजिम भूक्षय, वायू प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी आयोजनाका स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार गर्न लगाईने विभागले जनाएको छ।

नेपाल सरकारले बुढीगण्डकी नदी मै १२ सय मेगावाटको बहुचर्चित बुढीगण्डकी स्टोरेज आयोजना निर्माण गर्ने तयारी गरेको छ । यो आयोजना  टाइम्स इनर्जी प्रालिले निर्माण प्रस्ताव गरेको ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना भन्दा तल पर्दछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved