
ज्योति क्यापिटलले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुको लागि “ज्योति क्यापिटल निःशुल्क डिम्याट र मेरो शेयर खाता” योजना सार्वजनिक गरेको छ । शेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी विद्यार्थीहरुलाई पनि शेयर बजारतर्फ आकर्षित गरी सम्पन्न बनाउन कम्पनीले उक्त योजना ल्याएको बताएको छ ।
योजना अवधिभर कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुले निःशुल्क डिम्याट र मेरो शेयर खोल्न पाउने छन् । ज्योति क्यापिटलमा अनलाइन डिम्याट र मेरो शेयर खाता खोल्नका लागि ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइटमा क्लिक गरी खोल्न सकिनेछ ।
उक्त योजना आगामी बैशाख २६ गतेदेखि जेठ २६ गतेसम्म ज्योति क्यापिटल तथा ज्योति विकास बैंकको सबै शाखा कार्यालयहरुवाट प्राप्त गर्न सकिने छ ।