नेपाल भारत विद्युत व्यापारबारे पूर्वराजदूत रञ्जित रेसँग छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2023 | 06:02:15 PM मा प्रकाशित

laxmi  sunrise bank
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले नेपाल भारत विद्युत व्यापारका विषयमा नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेसँग छलफल गरेको छ। एसिएन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेश्नल अफेयर्स (AIDIA) र इप्पानले संयुक्त रुपमा कार्यक्रम योजना गरि सो छलफल गरेको हो
छलफलमा इप्पान पदाधिकरीहरुले भारत सरकारले ल्याएको विद्युत व्यापार निर्देशिका र त्यसका गाइडलाइन्सका विषयमा धारणा राखेका थिए।
छलफलमा पूर्वराजदूत रेले नेपाल भारतका धेरै विषय भूराजनीतिसँग जोडिएकाले सम्बन्ध विच्छेद नै गरेर जान नसकिने तर विद्युत व्यापार गाइडलाइन्स लक्ष्मण रेखा नभएकोले त्यसलाई काट्नै नसकिने भन्ने पनि नरहेको बताए।
छलफलमा इप्पानबाट अध्यक्ष कार्की सहित वरिष्ठ उपाध्यक्ष मोहन डाँगी, पूर्व अध्यक्ष शैलेन्द्र गुरागाई, उपाध्यक्षहरु आनन्द चौधरी, भरत खत्री र उत्तम भ्लोन लामा, सचिव हिम पाठक र भरत नेपाल, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल, सदस्यहरु उत्तर कुमार श्रेष्ठ, टिएन आचार्य, मिथुन पौडेल, सल्लाहकार बटु लामिछानेज्यू लगायत सहभागी थिए। एआईडीआईएका तर्फबाट अध्यक्ष जय निशान्त, फाउन्डर सुनिल केसी, कार्यक्रम निर्देशक सुजिना राई, सृष्टि काफ्ले, स्वेता कार्कीज्यू लगायतका प्रतिनिधिहरु सहभागी थिए।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved