नेपालको बिजुली चीन लैजाने बाटो खुल्दै, प्रसारणलाइन निर्माण गर्ने सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2023 | 09:24:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको बिजुली चीन लैजानको लागि प्रसारणलाइन निर्माण गर्ने सहमति भएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहालको चीन  भ्रमणको क्रममा यसबारे सम्झौता भएको हो ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङद्वारा जारी संयुक्त बक्तब्यमा दुवै पक्षले ऊर्जाको क्षेत्रमा विशेष गरी जलविद्युत र सीमापार प्रसारण लाइन र सम्बद्ध सबस्टेसनको विकासमा सहयोगलाई थप प्रवर्द्धन गर्ने उल्लेख छ। साथै दुवै पक्षले जिलोङ/केरुङ–रसुवागढी–चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइनको निर्माण चाँडो सुरु गर्ने उल्लेख गरिएको छ ।

यो प्रसारणलीन निर्माणको लागि  पाँच वर्षअघि नै अध्ययन सुरु भए पनि हालसम्म पनि निर्माण कार्य सुरु हुन सकको थिएँन । अब भने प्रधानमन्त्री तहमा दुई देशबीच सम्झौता भएसंगै चीनतर्फ पनि विजुली निर्यातको ढोका खुल्ने सम्भावना बढेको छ ।

दुवै पक्षले चाँडोभन्दा चाँडो संयुक्त कार्यान्वयन संयन्त्रको दोस्रो बैठक बोलाएर चीन-नेपाल विद्युतीय ऊर्जा सहयोग योजनालाई अन्तिम रूप दिने दिशामा काम गर्ने सहमति पनि दुई देशबीच भएको छ। नेपाल र चीनबीच रहेको संयुक्त संयन्त्रले जलविद्युत, वायु उर्जा, सौर्य उर्जा, बायोमास पावर र हाइड्रोजनको क्षेत्रमा सहयोग आदानप्रदान र सहकार्य गर्ने संयुत्क वक्तब्यमा उल्लेख गरिएको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved