विद्युत प्राधिकरणले पीपीए खुलायो, ३५ दिन भित्र आवेदन दिन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2023 | 11:27:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजनाहरुलाई विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्न आउँनको लागि सार्वजनिक सूचना प्रक्षण गरेअको छ । प्राधिकरणले ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएको मितिलाई आधार मानेर रोलक्रम अनुसार पीपीए गर्ने जनाएको छ ।

प्राधिकरणले नदी प्रवाही (ROR) र अर्ध जलाशययुक्त (PROR) जलविद्युत आयोजनाहरूको पीपीएका लागि तोकिएको माथिल्लो सीमा क्रमशः ६,७५० मेगावाट र ४,५०० मेगावाट नपुगेसम्म पीपीए गर्ने उल्लेख गरेको छ ।  प्राधिकरणले विद्युत नियमन आयोगबाट पीपीएको मस्यौदामा सहमति प्राप्त भई पीपीएमा हस्ताक्षर गर्ने प्रयोजनार्थ अख्तियारी, परफरमेन्स बैंक जमानत र पीपीए शुल्क सहित  ३५ दिनभित्र रीतपूर्वक आवश्यक कागजातहरू र दस्तावेज सहित निवेदन दिन आग्रह गरेको छ ।

रीतपूर्वक पेस हुन आएका निवेदनहरूको आधारमा पीपीएको कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले उल्लेख गरेको छ ।  तर तोकिएको अवधिभित्र निवेदन प्राप्त नभएमा वा प्राप्त निवेदनहरूमा आवश्यक कागजातहरू/दस्तावेज संलग्न नभएमा त्यस्ता आयोजनाहरूलाई पीपीएको रोल क्रमबाट हटाई, रोल क्रमका आधारमा ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका तत् पश्चात्का आयोजनाहरूको पीपीए प्रक्रियालाई अगाडि बढाइने प्राधिकरणले प्रष्ट पारेको छ । पीपीएको प्रक्रियाबाट हटाइएका आयोजनाहरूलाई तत् पश्चात्को क्रममा समावेश गरी पछि हुने निर्णय बमोजिम पीपीएको प्रक्रियामा समावेश गर्न सकिने पनि प्राधिकरणले उल्लेख गरेको छ।

पीपीएको लागि आवेदन दिंदा  विद्युत उत्पादनको अनुमति पत्र जारी भएको अवस्थामा पीपीए र वित्तीय व्यवस्थापन सम्पन्न गर्ने मिति बहाल रहेको विद्युत उत्पादनको अनुमति पत्र, बहाल रहेको विद्युत सर्वेक्षणको अनुमति पत्र, विद्युत सर्वेक्षणको अनुमति पत्रको अवधि समाप्त भएको हकमा सम्बन्धित निकायबाट जारी भएको आशय पत्र, बहाल रहेको ग्रिड कनेक्सन एग्रिमेन्ट, प्रत्यक्ष विदेशी लगानी हुने आयोजनाको हकमा उद्योग विभागबाट जारी भएको वैदेशिक लगानी देखिने पत्र समावेश गर्नु पर्ने प्राधिकरणले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved