विद्युत विधेयक दफावार छलफलको लागि समितिमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2023 | 03:37:33 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युत विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईएको छ। प्रतिनिधिसभाको आज बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्री शक्तिबहादुर बस्नेतले “विद्युत विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थियो।

सो प्रस्ताव सर्वसम्मतले पारित भएसंगै विद्युत विधेयक, २०८० दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईएको हो। उक्त विधेयक भदौ २७ गते संसदमा दर्ता भएको थियो।

विधेयकमा निजि क्षेत्रलाई पनि विद्युत ब्यापारको लाईसेन्स दिने लगायतका व्यवस्था गरिएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved