नेपालको नवीकरणीय उर्जामा लगानी गर्न बेलायतसँग अर्थमन्त्री महतको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2023 | 10:19:11 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको नवीकरणीय उर्जामा लगानी गर्न बेलायतलाई आग्रह गरेका छन् । संयुक्त अधिराज्य (बेलायत) का ट्रेजरी लर्डस मन्त्री बारोनेस पेनसँग लण्डनस्थित अर्थ मन्त्रालयमा भएको भेटवार्ताका क्रममा अर्थमन्त्री डा. महतले यस्तो आग्रह गरेका हुन् । 

उनले बेलायत नेपालको एक प्रमुख विकासको साझेदार देश रहेको स्मरण गर्दै हरित उर्जामा दीर्घकालीन वित्तीय स्रोत उपलव्ध गराउन समेत आग्रह गरेका छन् । त्यसैगरी उनले बेलायतको तर्फबाट जलवायु परिवर्तनको न्यूनीकरणका लागि गरिदै आएको लगानी नेपालमा थप वृद्धि गर्न अनुरोध समेत गरे । ट्रेजरीमन्त्री पेनले नेपालको आर्थिक विकासमा बेलायतले सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने बताए । 

उनले ग्रीन फाइनान्स क्षेत्रमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दैे बेलायतको निजी क्षेत्रलाई नेपालको हरित उर्जाको क्षेत्रमा लगानी बढाउन प्रोत्साहन गर्ने बताए । भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नियोग उपपमुख रोशन खनालको पनि सहभागिता थियो । 

लण्डनस्थित नेपाली राजदूतावासले गर्न लागेको लगानीसम्बन्धी उच्चस्तरीय सम्मेलनमा भाग लिन लण्डन आएका मन्त्री डा. महतले नेपाली राजदूतावासको आयोजना र डोल्मा फाउण्डेशनको सहकार्यमा सोमबार भएको नेपालको नवीकरणीय उर्जाको विकासमा दीर्घकालीन वित्तीय विकल्प विषयक अन्तरक्रियामा सहभागी भए । 

सोक्रममा मन्त्री डा. महतले नेपाल सरकारले विदेशी लगानीको सुरक्षाको प्रत्याभूति गरिने बताउँदै वैदेशिक लगानीकर्ताले लाभाशं फिर्ता लैजाने प्रक्रियालाई सरल बनाउनेतर्फ नेपाल सरकार लागेको जानकारी दिए । उनले लगानीको वातावरण सुधार गर्न देशको कन्ट्री क्रेटिड रेटिङ्गको प्रक्रिया सुरु भैसकेको पनि जानकारी दिए । 

डोल्मा फाउण्डेशनका टीम गोचर र जापनीज बैङ्क एमयूएफजीका क्रिस्टोफर मार्कसले कर्पोरेट ग्रीन बन्डको बारेमा आफ्नो धारणा राखेका थिए । 

यसैगरी स्टाण्डर्स  चार्टर बैङ्कका आदिल अन्सारीले सोभरियन बन्ड र नवनिर्वाचित लर्ड मेयर प्रो.माइकल मेनिलीले पोलिसी पर्फमेन्स बन्डका बारेमा धारणा राखेका थिए । राजदूत आचार्यले लगानीका लागि नेपाल उर्वरभुमि रहेकाले लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न आग्रह गरे ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved