जाजरकोटमा बन्ने ४१७ मेगावाटको नलगाड आयोजनाको ईआईए स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2023 | 08:06:40 AM मा प्रकाशित

laxmi  sunrise bank

जाजरकोटमा बन्ने चार सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको छ । जिल्ला वन अधिकृत खिलानाथ दाहालका अनुसार गत बुधाबार वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको हो । 

प्रतिवेदन स्वीकृत भएसँगै नलगाड जलविद्युत् आयोजनाको निर्माणका लागि बाटो खुलेको छ । सरकारले उक्त परियोजनाका लागि रकम जुटाउने प्रयास गरिरहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बताए । 

आयोजना निर्माणका लागि रु एक खर्ब २३ अर्ब लाग्ने अनुमान गरिएको छ । वातावरणीय व्यवस्थापनका लागि रु ५६ अर्ब लाग्ने अनुमान गरिएको आयोजनाले जनाएको छ । 

जाजरकोटको नलगाड गाउँपालिका–७ दल्लीमा विद्युत गृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल छ । नलगाड नगरपालिकास्थित नलगाड खोला र ठूलीगढीको दोभान नजिकै भूमिगत पावर हाउस निर्माण हुनेछ । बारेकोटको अँधेरी खोलादेखि दल्लीसम्म ८.५ किमी लामो मुख्य सुरुङ र २ देखि ३ किलो मिटरसम्मका तीनवटा सहायक सुरुङबन्नेछन् । ५ सय मिटर लम्बाई र  २ सय ४८ मिटर अग्लो ड्याम बन्नेछ । जलासयमा ४७ करोड ४० घनमिटर पानी जम्मा हुन्छ । आयोजनामा चार वटा टर्वान हुनेछन् । प्रत्येक टर्वाइनबाट १०४.२५ मेगावाट विद्युत उत्पादन हुनेछ । आयोजनाबाट एक वर्षमा १२ सय ३२ गिगा आबर ऊर्जा उत्पादन हुन्छ । आयोजनाबाट उत्पादित विद्युत ४ सय केभी डबल सर्किट प्रसारण लाइनमार्फत कोहलपुर शवस्टेशनमा जोड्ने योजना छ । आयोजनास्थलबाट कोहलपुरसम्म १ सय १२ किमी लामो प्रसारण लाइन निर्माण गरिनेछ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved