३ दिन कुलमान घिसिङलाई कार्यालय प्रवेश गर्न नदिने कर्मचारीको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2023 | 10:04:08 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरु आन्दोलित भएका छन्। प्राधिकरणका ट्रेड युनियनहरुले आन्दोलनका कार्यक्रम अन्तर्गत आज कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने भएका छन्।

नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ (आधिकारिक ट्रेड युनियन)ले आज देखि ३ दिन कार्यकारी निर्देशक कुलमान घिसिङसहित उच्च तहका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाउने तयारी गरेका हुन्। 

उनीहरुले आज कात्तिक १९ गते बिहान ११:१५ बजेदेखि १२:१५ बजेसम्म कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालयका प्रमुखलाई कार्यकक्षमा प्रवेश निषेध गर्ने बताएका छन् । त्यस्तै २० गते बिहान ११:१५ बजेदेखि १२:४५ बजेसम्म कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालयका प्रमुखलाई कार्यकक्षमा प्रवेश निषेध गर्ने उल्लेख गरेका छन् । २१ गते बिहान ११:१५ बजेदेखि ०१:१५ बजेसम्म कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालयका प्रमुखलाई कार्यकक्षमा प्रवेश निषेध गर्ने  आन्दोलनको कार्यक्रममा उल्लेख छ।

 २०८० कार्तिक १२ गते पहिलो ध्यानाकर्षण पत्र र २०८० कार्तिक १४ गते दोस्रो पटक माग पत्र (सात बुद)- सहित तीन दिने आन्दोलनका कार्यक्रम दिएकोमा पटक पटक व्यवस्थापनसँगको वार्ताबाट कुनै पनि निष्कर्षमा पुग्ने वातावरण व्यवस्थापनबाट नभएको हुनाले हामी थप आन्दोलनका कार्यक्रम दिन बाध्य भएको ट्रेड युनियनहरुले जनाएका छन् ।

यस्ता छन् ७ बुँदे माग

१) विद्युत विधेयक २०८० खारेजी गर्नु पर्ने ।

२) EPR मा २१ दिने हाजिरको मापदण्ड वैज्ञानिक बनाउने  ।

३) संचालक समितिबाट निर्णय भएको ५२ महिना सावधिक जीवन विमा तत्काल लागू गर्ने  ।

(४) ज्यालादारी कर्मचारीहरूलाई तोकिएको समयावधि भित्र मासिक ज्यालादारी गर्ने  ।

(५) कर्मचारी सेवा, शर्त विनियम २०७५ संशोधन (सरुवा, बढुवा, विज्ञापन, O&M) सम्बन्धमा।

६) २० वर्षे सेवा अवधि नपुगि अनिवार्य अवकाश हुँदा प्राप्त हुने विमा सम्बन्धमा।

(७) कर्मचारी सापटी र औषधोपचार विमा सम्बन्धमा ।

यस ३ दिनको अवधिसम्म पनि मागहरू पूरा नभएमा मिति २०८०/०७/२२ गते कडा भन्दा कडा थप आन्दोलनका कार्यक्रमहरू दिन बाध्य हुने ट्रेड युनियनहरुले जनाएका छन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved