१० प्रतिशत लाभांश घोषणा गरेको माण्डु हाइड्रोपावरको नाफा १३ प्रतिशतले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2023 | 05:14:58 PM मा प्रकाशित

laxmi  sunrise bank

माण्डु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजानिक गरेको छ । वित्तीय विवरण अनुसार यो अवधिमा कम्पनीको नाफा १३.३२ प्रतिशतले बढेको देखिन्छ ।

गत वर्षको पहिलो तीन महिनाको अवधिमा ११ करोड २२ लाख ८८ हजार रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले यसपाली १२ करोड ७२ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको हो । 

यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी बढाएसँगै नाफामा वृद्धि देखिएको हो ।चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत २५ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.८७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २४ करोड ४० लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो । विद्युत बिक्री आम्दानी वृद्धि भएसँगै कम्पनीको सञ्चालन मुनाफा समेत ३.६४ प्रतिशत बढेको छ । 

समक्षिा अवधिमा माण्डुको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३३ पैसा, प्रतिसेयर नेटवर्थ भने १४६ रुपैयाँ ५५ पैसा रहेको छ। यसैपाली प्रिमियममा आईपीओ निष्काशन गरी बिक्री वितरण गरिसकेको यस कम्पनीले गतआर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा समेत गरिसकेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved