लक्ष्मी पूजाका दिन बिजुलीको उच्च माग १ हजार ४३८ मेगावाट, ‘पिक आवर’मा पनि भारतमा निर्यात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2023 | 08:57:08 AM मा प्रकाशित

laxmi  sunrise bank

बिजुलीको सबैभन्दा बढी माग हुने दिन तिहारको लक्ष्मी पूजाको दिन हो । यस वर्षको लक्ष्मी पूजाका दिन देशभरीको उच्च माग (पिक डिमाण्ड) १ हजार ४३८ मेगावाट रेकर्ड गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार आइतबार साँझ ६ बजे पिक डिमाण्ड १ हजार ४३८ मेगावाट पुगेको हो । यो गत वर्षको तिहारको लक्ष्मी पूजाको दिनभन्दा १३३ मेगावाटले बढी हो । गत वर्षको लक्ष्मीपूजाको दिनको विद्युतको पिक डिमाण्ड १ हजार ३०५ मेगावाट थियो ।

लक्ष्मी पूजाका दिन पनि नेपालबाट भारतमा विद्युत निर्यात भएको छ । देशभित्रको आन्तरिक माग पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमै भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ । गत वर्ष लक्ष्मी पूजाको दिन ४०६ मेगावाट बिजुली निर्यात भएको थियो । 

लक्ष्मी पूजाको दिन निर्यातसहित प्रणालीमा जम्मा १ हजार ९५५ मेगावाट विद्युत रेकर्ड भएको छ । 

यस वर्ष लक्ष्मी पूजाको दिन काठमाडौँ उपत्यकाको पिक डिमाण्ड ३६६ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३४२ मेगावाट थियो । यसपाली काठमाडौँ उपत्यकाको विद्युत माग लक्ष्मी पूजाका दिन गत वर्षको तुलनामा २४ मेगावाटले बढेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मी पूजाको दिन उपकार्यकारी निर्देशकहरुको टोलीसहित स्यूचाटारस्थित भार प्रेषण केन्द्रको कन्ट्रोल रुममा आफैँ पुगेका थिए । 

२०७३ सालको लक्ष्मी पूजाको दिनबाट देश लोडसेडिङमुक्त घोषणा भएको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved