गोल्याण ग्रुपको अपर बलेफी जलविद्युत आयोजनाको पीपीए सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2023 | 04:46:04 PM मा प्रकाशित

laxmi  sunrise bank

गोल्याण ग्रुपको उर्जा विभाग अन्तर्गत सञ्चालनमा रहेको अपर बलेफी जलविद्युत परियोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको छ। ४६ मेगावाटको सो परियोजनाको नेपाल विद्युत प्राधिकरणसँग आज पीपीए सम्झौता भएको हो ।

यस परियोजना बाग्मती प्रदेश, सिन्धुपाल्चोक जिल्लामा अवस्थित बलेफी नदीमा प्रस्तावित “रन अफरिभर” (आर.ओ.आर) जलविद्युत परियोजना हो । यस विद्युत खरिद सम्झौताले देशको बढ्दो उर्जाको मागलाई सफा, भरपर्दो र नवीकरणीय उर्जाको उत्पादन तथा वितरणले सम्बोधन गर्ने प्रतिबद्धतालाई स्थायित्व दिएको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved