युनिटेक हाइड्रोपावरमा लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले रणनीतिक लगानी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2023 | 01:17:14 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी क्यापिटल कोष प्रवर्द्धक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फण्ड (LSEFले यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडमा रणनीतिक लगानी गर्ने भएको छ । उक्त लगानीको सुरुवातसँगै दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण कदम चाल्नका साथै आफैले संचालन गरेको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्डको पहिलो लगानीको शुभारम्भ समेत भएको हो । 

विशिष्टीकृत लगानी कोष नियमावली २०७५ अन्र्तगत  प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोष सञ्चालन गर्नको लागी इजाजतपत्र प्राप्त गर्ने पहिलो केही कम्पनीहरूमध्ये लक्ष्मी क्यापिटल एक हो ।LSEF लक्ष्मी क्यापिटलको पहिलो प्राइभेट इक्विटी कोष हो ।

क्यापिटलका अन’सारLSEF कोषको आकार रु १ अर्वको रहेको छ । यो कोषले जलविद्युत, सौर्य र वायु ऊर्जालगायत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्दै आएको बताइन्छ । 

युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले माथिल्लो फवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माण अन्तिम चरणमा पुगीसकेको कम्पनीले जनाएको छ ।

ताप्लेजुङ जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता ५.८ मेगावाट छ । साथै कम्पनीसँग थप १५ मेगावाट (मध्य इङ्वा खोला जलविद्युत आयोजना) को अर्को जलविद्युत आयोजनाको इजाजतपत्र समेत रहेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved