सेयरको प्राथमिक बजारमा सर्वसाधारणलाई साधारण सेयर (आइपीओ) बिक्रि गर्ने लहर नै चलेको छ। सेयरको दोस्रो बजारमा माग भन्दा आपूर्ति बढी भएको टिका टिप्पणी चलिरहँदा प्राथमिक बजारमा समेत आइपीओ बिक्रिको प्रतिस्पर्धा नै चलेको छ।
नयाँ बर्ष २०७६ सालको पहिलो सातामै आइपीओ बिक्रि गर्ने प्रतिस्पर्धामा ६ कम्पनी मैदानमा देखिएका छन। गत चैत १३ गतेदेखि आइपीओ बिक्रिमा ल्याएको युनियन हाइड्रोलाई आइपीओ बिकाउन हम्मे हम्मे नै परेको छ। अहिले पनि उसको आइपीओं बिक्रिमा नै छ।
त्यस्तै नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटडले आफ्नो तेस्रो 'स्किम' अन्तर्गत 'नबिल ब्यालेन्स फन्ड-२' को इकाई बैशाख ५ देखि सर्वसाधारणका लागि बिक्रि खुला गरेको छ।
यता जनताको जलबिद्युत कार्यक्रम अन्तर्गत सान्जेन जलबिद्युत कम्पनी लिमिटेड र रसुवागढी हाइड्रो कम्पनी लिमिटेडले ठुलो मात्रामा यहि बैशाख ६ देखि साधारण सेयर (आइपीओ) बिक्रिमा ल्याएका छन। नेपाल एग्रो माइक्रोफाइनान्स र गणपति माइक्रोफाइनान्स पनि आइपीओ बेच्ने प्रतिस्पर्धामा थपिएका छन। एकै साथ ६ वटा कम्पनीको साधारण सेयर बिक्रिमा रहंदा कुनमा आबेदन दिने कुनमा नदिने भन्नेबारे लगानीकर्तामा अन्यौल देखिने सम्भावना उत्तिकै छ।
कुन कम्पनीको कति कित्ता आइपीओ ?
युनियन हाइड्रोपावर
गत चैत १३ देखि आइपीओ बिक्रिमा ल्याएको युनियन हाइड्रोपावरलाई आईपिओ बेच्न हम्मेहम्मे परेको छ। बिक्रिमा राखेको आइपीओमा प्रयाप्त आबेदन नपरेपछि निष्काशन समयअवधि लम्बिएको छ। आइपीओमा ढिलोमा अगामी बैशाख १२ गतेसम्म आबेदन दिन सक्नेछन। सो भन्दा अगावै माग अनुसारको आवेदन परे सोहि समयमा निष्काशन बन्द हुने छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि साउन १४ गतेदेखि ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो । जस मध्ये १ लाख २८ हजार २ सय १० कित्ताको लागि मात्र आवेदन परेको थियो । त्यस समयमा बिक्रि नभएको ६ लाख २१ हजार ७ सय ९० कित्ता समेत थपेर कम्पनीले सर्वसाधारणलाई ३५ लाख ३४ हजार ३ सय ४० कित्ता शेयर निष्काशन गरेको हो। आईपिओमा न्यूनतम ५० कित्ता र अधिकतम ३५ हजार कित्तासम्म आवेदन दिन सकिने छ।
प्रतिफल
कम्पनी २०७८/७९ मा संचित नाफामा गइ धनात्मक नेटवर्थमा जानेछ| तर कम्पनी धनात्मकमा आएपनि सोहि बर्ष लाभांश बाँड्न सक्ने स्थिति भने देखिन्न| प्रतिबेदनमा उल्लेख बिषयलाई आधार मान्दा कम्पनीले अबको ३ बर्षसम्म लाभांश बाड्न सक्ने स्तिथि देखिन्न।
बिक्रि प्रबन्धक
शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।
नबिलको नबिल ब्यालेन्स फण्ड-२
नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटडले आज (वैशाख ५) देखि 'नबिल ब्यालेन्स फण्ड-२' को इकाई निष्काशन खुला गरेको छ। कम्पनीले एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई सार्वजनिक निष्काशन गर्ने भएको हो। जस मध्ये एक करोड ६८ लाख इकाई योजना नबिल बैंकको लागि र १२ लाख इकाई व्यवस्थापक नविल इन्भेष्टमेन्ट बैंकिङका छुट्याइएको छ । बाँकि १० करोड २० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १ सय इकाई र अधिकतम १ करोड २० लाख इकाई माग गर्नु पर्ने छ । प्रति इकाई १० रुपियाँका दरले सार्बजनिक निष्काशन हुन् लागेको हो ।
उक्त इकाईमा छिटोमा वैशाख ९ गतेसम्म र त्यस अवधिमा पुरा बिक्रि नभएमा ढिलोको मिति अर्थात जेठ ३ गतेसम्म आवेदन दिन सकिने छ। यस योजनाको अवधि इकाई बाँडफाँड भएको अवधिले १० वर्षसम्मको रहेको छ।
प्रतिफल
नबिल ब्यालेन्स फन्डमा लगानी गर्ने लगानीकर्तालाई कम्पनीले १० बर्षको अवधिमा कुल २ सय दशमलव ०८ प्रतिशतसम्मको प्रतिफल दिने प्रक्षेपण गरेको छ।
बिक्रि प्रबन्धक
निष्काशन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।
सान्जेन जलबिद्युत कम्पनी
सान्जेनले जनताको जलबिद्युत कार्यक्रम अन्तर्गत भोलि (बैशाख ६) देखि आइपीओ निष्काशन गर्ने भएको छ। सान्जेन माथिल्लो (१४।८ मेगा वाट) तथा सान्जेन जलबिद्युत आयोजना (४२।५०) मेगावाटका लागि कम्पनीले प्रति सेयर १०० रुपैयाँका दरले ५४ लाख ७५००० कित्ता आइपीओ निष्काशन गर्न लागेको हो। यसमध्ये ५ प्रतिशत अर्थात २ लाख ७३ हजार ७५० कित्त्ता सामुहिक लगानी कोष, ४ प्रतिशत अर्थात २ लाख १९००० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने बाँकी ४९ लाख ८२ हजार २५० कित्ता आइपीओमा सर्वसाधारणले आबेदन दिन सक्नेछन।
इच्छुकले यहि बैशाख ६ देखि छिटोमा बैशाख १० गतेसम्म र ढिलोमा जेठ ५ गतेसम्म आइपीओंका लागि आबेदन दिन सक्नेछन। लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकता २००० कित्तासम्मलाई आबेदन दिन सक्नेछन।
प्रतिफल
कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले सान्जेनले ४०-४५ प्रतिशत लाभांश दिन सक्नेगरि आम्दानी गर्ने बताएका छन। लगानीकर्ताले सुरुमा २० प्रतिशत लाभांश पाउन सक्ने र पछिपनि राम्रै अंकको प्रतिफल पाउन सक्ने उनको दाबी छ।
बिक्रि प्रबन्धक
आइपीओ निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धकमा नागरिक लगानी कोष र सह निष्काशन तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल छन।
रसुवागढी हाइड्रोपावर
रसुवागढीले बैशाख ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता आईपिओ निष्काशन गर्न लागेको हो। यसमध्ये ४ प्रतिशत अर्थात् ४ लाख १० हजार ५ सय २६ कित्ता कमर्चारीको लागि र ५ प्रतिशत अर्थात् ५ लाख १३ हजार १ सय ५७ कित्ता शेयर सामुहिक लगानी कोषको लागि बाँडफांड गरिएको छ । बाँकि रहेको ९३ लाख ३९ हजार ४ सय ६७ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आईपिओमा छिटोमा बैशाख १० गते र त्यस समयसम्म पर्याप्त आवेदन नपरेको खण्डमा जेठ ५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा प्रति कित्ता एक सय रुपियाँको दरले न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन। यसमा आयोजना प्रभावित बासिन्दाहरुले र यस अघि कम्पनीका शेयर खरिद गरिसकेकाले आवेदन दिन पाउने छैनन् । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ भने एनआईबिएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सनराइज क्यापिटल सहायक बिक्रि प्रबन्धक रहेका छन।
प्रतिफल
कम्पनीले आर्थिक बर्ष २०७६-७७ को संचित नाफा र आर्थिक बर्ष २०७७-७८ को खुद नाफाबाट १० प्रतिशत बराबरको ६८ करोड रुपैयाँ लाभांश
प्रस्ताव गरेको छ।
बिक्रि प्रबन्धक
शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ भने एनआईबिएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सनराइज क्यापिटल सहायक बिक्रि प्रबन्धक रहेका छन् ।
नेपाल एग्रो लघुवित्त
नेपाल एग्रोले बैशाख ८ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १ करोड ६१ लाख ७७ हजार ८ सय रुपैयाँ बराबरको १ लाख ६१ हजार ७ सय ७८ कित्ता शेयर निष्काशन निष्काशन गर्न लागेको हो । जस मध्ये २४ सय ८९ कित्ता कर्मचारीहरुलाई र ८ हजार ८९ कित्ता सामुहिक लगानी कोषलै छुट्याइएको छ । बाँकि रहेको १ लाख ५१ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्।
लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ८ सय कित्तासम्मको लागि आवेदन दिन सक्ने छन। कम्पनीको मुख्य कार्यालय कास्की जिल्ला पोखरा महानगरपालिका–१८, विन्ध्यवासिनीमा रहेको छ । संस्थाले १० जिल्लामा रहेका २६ शाखाबाट १५ हजार ९७० महिलाबीच वित्तीय कारोबार सञ्चालन गरिरहेको छ।
बिक्रि प्रबन्धक
शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ।
गणपति माइक्रोफाइनान्स
गणपतिले बैशाख ९ गते आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई ३ करोड ३५ लाख बराबरको ३ लाख ३५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये ५ हजार १ सय ७५ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने १६ हजार ७ सय ५० कित्ता सामुहिक लगानी कोषको लागि बाँडफांड गरिएको छ । बाँकि रहेको ३ लाख १३ हजार ७५ कित्ताको सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १५ सय कित्तासम्मको लागि आवेदन दिन सक्ने छन। लगानीकर्ताले बैशाख १२ गतेसम्म आवेदन दिन सक्ने छन।
बिक्रि प्रबन्धक
कम्पनीको शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
क्रेडिट रेटिङ
युनियन हाइड्रो- ५ ग्रेड
सान्जेन जलबिद्युत- ग्रेड ४
रसुवागढी- ग्रेड ४
नेपाल एग्रो- ३ लाख कित्ता भएकाले क्रेडिट रेटिंङको आवश्यकता नभएको
गणपति माइक्रोफाइनान्स- ग्रेड ४
कसरि आबेदन दिने ?
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पुर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट तथा मेरो सेयर मार्फत पनि आइपीओमा आबेदन दिन सकिनेछ।
कति कित्ता भर्ने ?
लघुवित्तको आईपिओमा अत्यधिक आवेदन पर्ने र गोलाप्रथाबाट १० कित्ता मात्र शेयर पर्ने भएकोले सो भन्दा माथिको लागि आवेदन दिनु उपयुक्त देखिदैन।