कार्ड छुटमा सार्वजनिक सवारीको मनपरी, व्यवसायी भन्छन,‘कारबाही गर्न सरकारको हैसियत पुग्दैन’

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 04, 2019 | 12:10:07 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीको भाडा रात परेपछि ह्वात्तै बढ्छ । किनकी बेलुका ८ बजेपछि स्वघोषित रुपमा गाडीले दिनुपर्ने छुट दिँदैनन् । अशक्त र वृद्धवृद्धालाई कार्ड उपलब्ध गराएको छ सरकारले । विद्यार्थीलाई सम्बन्धित विद्यालयले नै विद्यार्थी परिचय पत्र दिन्छ । 

तर उक्त परिचयपत्र वाहकलाई पनि राती ८ बजेपछि कुनैपनि सार्वजनिक सवारीले छुट दिँदैनन् । सामान्यतय सार्वजनिक सवारी प्रयोग गर्दा कार्ड छुटपछि तिर्नुपर्ने भाडा १० रुपैयाँ मात्रै हो । राती कार्ड छुट नदिनकै लागि गाडीले सिट भरिएर यात्रु खचाखच हुँदा पनि गन्तव्यसम्मको यात्रा प्रारम्भ गर्दा ८ बजाउँछन् । 

के छ कानुनमा ? 

यातायात व्यवस्था विभागको निर्देशिका अनुसार विद्यार्थी, अशक्त, बृद्ध र जनआन्दोलनका घाइते लगायतलाई दिइने छुट सम्बन्धमा कुनै समय सीमा छैन् । जतिबेला सार्वजनिक सवारी प्रयोग गरेपनि छुट दिनुपर्ने हुन्छ । तर रातको ८ बज्नासाथ छुट सुविधाबाट बञ्चित हुन्छन् कार्ड वाहकहरु । 

महानगरीय ट्राफिक प्रहरीले यात्रु लिएर गुडेको हरेक सार्वजनिक सवारीमा जुनसुकै बेला पनि कार्ड छुट लागू हुने बताएको छ । यति बज्यो कार्ड छुट हुन्न कसैले भन्न पाउँदैन । ट्राफिक प्रहरीले कसैले छुट दिन मानेन भने ट्राफिक प्रहरीलाई तत्काल जानकारी गराउन र आवश्यक कारबाही गर्न भनेको छ । 

यातायात व्यवस्था ऐनअनुसार रुट परमिट पाएर सञ्चालनमा आएका यात्रुवाहक सवारीले आफूखुशी समय तोकेर कार्ड चल्ने नचल्ने घोषणा गर्न पाउँदैनन् ।

व्यवसायी भन्छन्,‘छुट बाध्यकारी होईन’ 

सार्वजनिक सवारीमा दिँइदै आइएको छुट बाध्यकारी नभई व्यवसायीले व्यवहारिक रुपमा प्रदान गरेको यातायात व्यवसायी महासंघकको दाबी छ । महासंघका महासचिव सरोज सिटौलाका अनुसार सरकारले व्यवसायीलाई दिने विभिन्न सहुलियत बापत व्यवसायीले यस्ता छुट दिने प्रचलन मात्रै हो ।

सरकारले यसअघि रुट इजाजत, वार्षिक कर र जाँच पासमा व्यवसायीलाई छुट दिँदै आएको थियो । तर अहिले सरकारले यी छुट दिन छोडेको छ । तर व्यवसायीले भने अपाङ्ग, वृद्धवृद्धा र विद्यार्थीलाई छुट दिन नछाडेको सिटौलाको भनाई छ । उनले भने,‘हामीले छुट दिन्नौं भनेर अड्डी कस्ने हो भने कारबाही गर्न सरकारको कानुनी हैसियत पुग्दैन, यो त हामीले व्यवहारिक हिसाबमा दिएको हो, बाध्यताले काननुले नै दिनुपर्छ भनेको छैन नि ।’

तर, यातायात व्यवस्था विभागको निर्देशिकामा भने सार्वजनिक सवारी जतिबेलासम्म चल्छन् त्यति बेलासम्म तोकिएको छुट कार्यान्वयन गर्नुपर्ने भनेर लेखिएको छ । छुट पाउन योग्य यात्रुलाई छुट नदिने बसलाई प्रत्येक गल्तीमा पाँच सय जरिवाना हुने प्रावधान छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved