ध्यान गर्ने रुची बढी छ, दशैँको बिदामा ध्यान गर्छुः प्रद्युमन पोखरेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2022 | 11:53:14 AM मा प्रकाशित

laxmi  sunrise bank

विकास बैंकका सीईओहरुको छाता संस्था डेभलपमेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष प्रद्युमन पोखरेल हुन् । मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका पोखरेल खाली समयमा ध्यान गर्छन् । यसपालीको दशैँमा पनि उनी खाली समय अध्ययन र ध्यान गरेर बिताउने योजनामा छन् ।

हरेक दशैँ काठमाडौँमै बनाउने गरेका पोखरेल यसपाली भने तराई जाने योजना छन् । 

‘दशैँमा काठमाडौँमै रहन्थ्यौँ, यसपाली भने तराई जाने योजनामा छु’ पोखरेलले बिजपाटीसँग भने, ‘दशैँ हाम्रा लागि फ्रि टाइम पनि हो, बैंकिङ भएकाले अरु बेला ब्यस्त नै भइन्छ, यहीँ दशैँको खाली समयमा अध्ययन गर्ने, आराम गर्ने गर्छु ।’

यसपाली दशैँको समयमा उनी हेटौँडा, चितवन र वीरगन्जसम्म पुग्ने योजनामा छन् । सासु ससुरा हेटौँडामा हुनु भएकाले उनी यसपाली सासु ससुराको हातबाट टीका थाप्न हेटौँडा जाने भएका हुन् । हेटौँडा पुग्दा चितवन र वीरगन्जसम्म पुग्ने योजना उनले बनाएका हुन् । 

‘दाजुहरु काठमाडौँमै हुनुहुन्छ, दशैँमा सबै आफन्त यतै जम्मा हुन्छौँ । छोरो यूके (बेलायत) मा छ, श्रीमती काठमाडौँ घरमै छिन्’ अध्यक्ष पोखरेल भन्छन्, ‘यताको भेटघाट सकेर हेटौँडा जाने योजना छ । मलाई फुर्सदमा ध्यान गर्ने रुची बढी छ, फुर्सद हुनासाथ ध्यान गर्छु । यसपाली पनि दशैँमा ध्यान गर्छु, अध्ययन गर्छु ।’

उनले दशैँको छुट्टि अथवा अरु समयमा पनि विदेशमा भने खासै घुम्ने गरेका छैनन् । जति घुमफिरमा निस्किए पनि देशभित्रकै गन्तव्यमा पुग्ने उनको लक्ष्य हुन्छ । 

‘बैंकिङ भएकाले अरु समयमा देशभित्रका धेरै ठाउँ पुगिन्छ, धेरै ठाउँ घुमिन्छ’ पोखरेल थप्छन्, ‘विदेश जाने गरेको छैन, आफ्नै देश घुम्ने गरेको छु । त्यसैले दशैँको बिदामा चाहिँ सकेसम्म आफन्तसँग भेटघाट गर्ने, उहाँहरुका कुरा सुन्ने, सल्लाह सुझाव लिने नै हो । अनि मनले खाएका पुस्तकहरु पढेरै दशैँको ५÷७ दिन बित्छ । यसपाली त झन तराइ जाने भएपछि खासै धेरै दिन फुर्सद पनि नहुन सक्छ ।’

पोखरेललाई चङ्गा उडाउन भने रहर लाग्छ । बाल्यकालमा चाडपर्व नजिकिएपछि चङ्गा उडाउने गरिएको अहिले पनि याद छ उनलाई । यसपाली पनि यसो रमाइलोका लागि चङ्गा उडाउने मनस्थिती उनले बनाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved