भेटायोले ५८ सयमा पुरै घर झिलिमिली पारिदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2022 | 06:33:48 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंमा घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” भन्ने योजना ल्याएको छ । यस अन्तर्गत भेटायोले एउटा घर रु.५८००÷– मात्रमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको छ ।

एपका अनुसार यसको बुकिङ मिति पहिले नै खुलाइएको छ भने यो सुविधा केही दिनकोलागि मात्र रहने छ । साथै सफाई, पेन्टिङ र लुगा धुने काममा समेत १५% छुटकोे व्यवस्था गरिएको जनाएको छ । यस दिपावलीका लागि भेटायोले झन्झटलाई मुक्त गर्न विभिन्न सरल सेवाहरु पनि ल्याएको उल्लेख गरेको छ । 

एपका अनुसार सरसफाई, पेन्टिङ, लुगा धुने र सवारी साधन धुन १५% सम्म छुट र थप यसमा महा दक्षिणा प्रोमो कोड प्रयोग गरी ५% छुट पाउन सकिन्छ ।पञ्चकन्या एस.एस. ट्याङकी सामसुङ वाशिङ मेसिन, एयर कन्डिसनर, गिजर आदि जस्ता विभिन्न वस्तुहरूमा विशेष छुट हुने एपले जनाएको छ।   ३० दिनको सेवाको वारेन्टी दिने र दैनिक आवश्यकता अनुसारको कुनै पनि सेवा लिन सजिलै एप मार्फत बुक गर्न र अर्डर गर्न सकिने एपले उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved