दशैँको टिकाको लागि शुभ साइत सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2023 | 06:15:03 PM मा प्रकाशित

laxmi  sunrise bank

यस वर्ष विजयादशमी (दशैंको टीका) को साइत कार्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार त्यस दिन बिहान १० बजेर ३७ बजे देवी विसर्जन गरी ११ः२ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने छ ।

पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले उल्लेख गरेको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिले जनाएको छ ।

२०८० सालको बडादशैसँग सम्बन्धित साइतहरू


१) वि.सं. २०८० साल असोज २८ गते आइतवार नवरात्रारम्भ, घटस्थापना बिहान ११।२९ बजे (यो दिन चित्रा नक्षत्र र वैधृति योग समेत परेकोले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिन्छ )

२) वि.सं. २०८० साल असोज २९ गते सोमवार- झण्डा फेर्ने, बिहान १०।१९ बजे (पश्चिम मोहडा)

३) वि.सं. २०८० साल कार्तिक २ गते विहीवार - श्री पचलीभैरव यात्रा ।

४) वि.सं. २०८० साल कार्तिक ४ गते शनिवार- फूलपाती, श्री तुलजाभवानी यात्रा, बिहान ८।२४ बजे

५) वि.सं. २०८० साल कार्तिक ५ गते आइतवार - महाष्टमी, कालरात्रि

६) वि.सं. २०८० साल कार्तिक ६ गते सोमवार- महानवमी स्थिरासन, बिहान ९।३५ बजे

७) वि.सं. २०८० साल कार्तिक ७ गते मङ्गलवार- विजया दशमी, देवी विसर्जन, बिहान १०।३७ बजे टीका बिहान ११।२ बजे (पश्चिम मोहडा)
श्री तुलजाभवानी यात्रा, बिहान ९।२ बजे स्थिरासन बिहान १०।३ बजे, खड्गयात्रा ।

८) वि.सं. २०८० साल कार्तिक १० गते शुक्रवार - अखिलबलिपूर्ति ।

९) वि.सं. २०८० साल कार्तिक ११ गते, शनिवार- कोजाग्रतव्रत ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved