पूर्व अरनिको यातायातले दशैँको लागि अग्रिम टिकट बुकिङ खुलायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2023 | 06:41:47 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व अरनिको यातायात प्रालिले दशैँको लागि अग्रिम टिकट बुकिङ खुलाएको छ ।  काठमाडौँबाट पूर्व जाने यात्रुहरुलाई लक्षित गर्दै कम्पनीले भाद्र १५ गतेबाट नै अग्रिम टिकट बुकिङ सुरु गरेको हो । 

टिकट बुकिङ खुलाएको भए पनि टिकट काट्ने यात्रुको संख्या भने अघिल्लो वर्षको तुलनामा घटेको कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष केदार क्षेत्रीका अनुसार हाल दैनिक ५०० जना यात्रुले बसको टिकट काट्ने गरेका छन् । यस वर्ष विगतक वर्ष जस्तो यात्रुको चाप नभएको क्षेत्रीले बताए । “पोहोर परारको जस्तो यात्रुको चाप देखिदैनन् । अरु वर्ष भन्दा यो वर्ष टिकट काट्ने मानिसको चाप कम छ,” उनले भने । 

अहिले अरनिको यातायात सेवाले ७०० ओटा बसहरुसँग सहकार्य गर्दै पूर्वी नेपालका १५ ओटा जिल्लाहरुमा आफ्नो सेवा दिदै आएको छ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले टिकट बुकिङ नखोल्दै पूर्व अरनिको यातायातले भने यात्रुको सहजताको लागि टिकट बुकिङ सुरु गरेको हो ।

पूर्व अरनिको यातायातले आफ्नै लगानीमा जडिबुटीमा १४ रोपनी क्षेत्रफलमा ५ सय बढी बसहरु पार्किङ गर्न मिल्ने गरेर सुविधा सम्पन्न बसपार्क समेत निर्माण गरेको छ। काठमाडौँ महानगरपालिकाले काठमाडौँ भन्दा बाहिर जाने सबै यात्रुहरुलाई गोंगबुमा मात्र चढाउन ओराल्न पर्छ भनेपछि असुविधा भएकोले आफ्नै लगानीमा बसपार्क निर्माण गरेको अध्यक्ष क्षेत्रीले बताए । तर उनले अहिलेसम्म पनि बसपार्क संचालन गर्न नपाएको गुनासो गरे।  “हाम्रो लक्ष्य भनेको पूर्व जाने मानिसहरुलाई सजिलोको लागि जडिबुटीबाट बस सञ्चालन गर्ने हो । तर अहिले सम्म सञ्चालन गर्न दिएको छैन,” उनले भने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved