तिहारको दोस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पूजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2023 | 09:13:40 AM मा प्रकाशित

laxmi  sunrise bank

आज तिहारको दोस्रो दिन । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी लक्ष्मीपूजा मनाइँदैछ । थिति अनुसार आज एकै दिन नरकचतुर्दशी, कुकुर तिहार र लक्ष्मी पूजा परेको छ ।

आज घर सरसफाइ र लिपपोत गरी दीपावली गरेर बिहानै लक्ष्मीलाई आमन्त्रण गरिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइन्छ । पाइलैपिच्छे माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ ।

पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई लक्ष्मीको पूजा गरिन्छ ।लक्ष्मी पूजा गरेपछि धन सम्पत्ति वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास रहि आएको छ ।

आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्ने समेत गर्दछन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved