बाल्यकालमा तिहारको बिदा धेरै भइदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2023 | 10:11:06 AM मा प्रकाशित

laxmi  sunrise bank

शिक्षा भट्टचन

मलाई तिहार भन्ने बित्तिकै पारिवारिक जमघटको याद आउँछ । पारिवारीक जमघट गर्ने, गित गाउँने, रमाईलो गर्ने रमाइलोका लागि तास खेल्ने यी मेरा तिहारका सम्झनाका केही पलहरु हुन् । 

पहिला पहिला तिहार मनाउँदा आफन्त तथा परिवारमा धेरै सदस्यहरुको भेटघाट हुन्थ्यो । त्यो समयको रमाइलो छुट्टै किसिमको थियो । त्यो समयमा सबै आफन्त, भाई भतिजहरुलाई घरमा बोलाएर टिका लागाउने गरिन्थ्यो । तर, अहिले प्राय सबैजसो विदेशतिर भएकाले त्यो समयको रमाइलो पलहरुको धेरै सम्झना आउँछ ।

अहिले तिहारहरुमा विशेषगरी लक्ष्मी पूजाको दिन अफिस र घर दूबै ठाउँमा पुजा गर्ने गरेको छु । पूजाबाहेक रङ्गोलीहरु पनि बनाउने गर्दछु । मैले प्राय ३ जनालाई टिका लागाउँने गर्दछु । एक जना चाहिँ अफ्नै भाइ र अन्य दुई जना आफन्त दाजुभाइहरुलाई टिका लगाउने गर्दछु । 

तर, हरेक वर्ष तीनै जनालाई टिका लगाउने मौका भने मिल्दैन । तर, एक जनासम्मलाई सधैँ नै लगाउन पाएको छ ।

तिहारको मसला तथा टिकाको सामग्रीहरु मैले कहिले किनेको छैन । हरेक वर्ष फुपुले आफैँ टिकाको सामग्री किन्नु हुन्थ्यो, त्यो भएर पनि होला । तर, गएको वर्ष चाहिँ मैले रङ्गोलीको लागि रङ्गहरु चाहिँ किनेकी थिएँ ।

तिहारको अर्काे रमाइलो पाटो देउसी भैलो खेल्ने भएपनि म खासै देउसी भैलो खेल्नेमा सहभागी हुँदिन थिएँ । तर, होस्टल बस्दाको समयमा मैले साथीहरुसँग रमाइलोको लागि भने खेलेको अनुभव छ ।

घरमा हुँदा देउसी खेल्न आउनेहरुलाई स्वागत गर्न रमाइलो लाग्छ । पहिला पनि म देउसी खेल्न आउनेहरुले खेलेको हेर्दा नै रमाइलो लाग्थ्यो ।

पहिला सानो हुँदा तिहारमा पटकाहरु पड्काउने गर्दथे । यसरी पटाका पड्काउँदा खुब रमाइलो लाग्थ्यो । तर, अहिले चाँहि पटाका तिर खासै ध्यान जाँदैन । 

बाल्यकालदेखि विद्यार्थी जीवनमा तिहारको बिदामा रमाइलो लाग्थ्यो । बिदा अझै धेरै भइदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । तर, अहिले चाँही बिदा धेरै भएजस्तो महशुस हुन्छ । 

हाम्रो संस्कार अनुसार तिहारमा विशेषगरी लक्ष्मीको पूजा गर्ने, भाइटिका लगाउने, आफन्तकोमा जाने, आफन्तहरुलाई घरमा बोलाउने यी कुरामा नै विशेष हुन्छ । घरमा कुकुर नभएकाले कुकुरको पूजा चाहिँ खासै गरिँदैन ।

म तिहारमा घरमा नै बसेर नै रमाईलो गर्न सबैलाई सुझाव दिन्छु । तिहारको बेला मानिसहरु रक्सी खाएर हो बाहिर हिडिरहेका हुन्छन् । त्यो भएर सकभर घरमा नै बसेर रमाईलो गर्न सबैलाई अनुरोध गर्दछु । 

अन्तिममा, सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई तिहार पर्वको शुभकामना दिन चाहन्छु ।

शिक्षा भट्टचन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अध्यक्ष हुन् ।

बिजपाटी डटकमले दशैँको अवसरमा ‘यसपालीको दशैँ’ स्तम्भ संचालनको गरेको थियो। तिहारको अवसरमा हामीले विभिन्न क्षेत्रका महिला व्यक्तित्वहरुसँग उनीहरुको तिहारको योजना, बाल्यकालका तिहारका स्मरण र फेरिएको तिहार मनाउने शैली लगायतका विषयवस्तु समेटेर यो विशेष सामग्री तयार पारेका हौँः सम्पादक

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved