बालेनले फूल बिक्रिका लागि तोकेका स्थानमा ग्राहक आएनन्, किसान भन्छन्, ‘घर फर्किने भाडा नै छैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2023 | 10:47:20 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले सोमबार बिहान काठमाडौँका विभिन्न ठाउँमा फूल बिक्रिका लागि बसेका किसान तथा व्यवसायीलाई उठाएर आफूले तोकेको स्थानमा लगेर छोडिदियो । महानगरले फूल बिक्रिका लागि काठमाडौँका ४ ठाउँमा बिक्रि स्थल तोकेको थियो । सोही अनुसार अन्यत्र बसेका बिक्रिकर्तालाई महानगर प्रहरीले महानगरले निर्णय गरेर तोकेका ४ ठाउँमा लिएर गयो ।

भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा फूल बिक्रीको लागि महानगरले स्थान तोकेको भएपनि त्यहाँ रहेका बिक्रिकर्ताले भने किन्ने मान्छे नै पाएनन् । बालाजु भ्याली कोल्ड स्टोर अगाडी करिब ४० जनाको संख्यामा रहेका बिक्रिकर्ताहरुले कोही मोबाइल चलाएर दिन बिताए भने कोही बोरा ओछ्याएर घाममा सुतेर बसे । 

‘यहाँ फाट्टफुट्ट बाहेक मान्छे आएका छैनन्, बाटो परेर केहीले यसो एक दुइ थान माला लगेका छन्, नत्र ब्यापार छैन’ लमजुङ घर भई काठमाडौँ कालिमाटी बस्ने एक जना कृषकले भने, ‘हाम्रो गाउँमा फूल खेती छ, त्यहाँबाट ल्याएर कालिमाटीमै बेच्ने भन्ने प्लान थियो, महानगरले यता ल्याइदियो । अब यत्रो फूल बोकेरै फर्किनुपर्ने भयो ।’

त्यस्तै, भृकुटीमण्डपमा फूल बिक्रिका लागि बसेका एक जना व्यवसायीले भृकुटीमण्डपमा फूल र माला पाइन्छ भनेर प्रचार हुन नसक्दा घाटा खानु परेको गुनासो गरेका छन् । २० लाखको फूल तथा माला किनेर ल्याएको भएपनि प्रतिझुत्ता ५० रुपैयाँ बिक्रि गर्न नसकेको उनको गुनासो छ ।

महानगरले तोकेका ठाउँहरु फूल बिक्रिका लागि अपायक भएकाले आफूहरुसँग अहिले घर फर्किने गाडी भाडासमेत नरहेको काभ्रे कोशीपारिबाट फूल बेच्न काठमाडौँ आएका एक जना व्यवसायीले बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved