
रियलमीको रियलमी सि ५३ बजारमा आएको छ । १०८ मेगापिक्सेलको अल्ट्रा–क्लियर क्यामेरा रहेको रियलमी सि ५३ हालै बजारमा आएको हो ।
सो फोनले कम उज्यालोमा पनि सानो–सानो डिटेलसहित फोटो खिच्दे कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार यसको ३ टाईम्स इन् सेन्सर जूमले कुनै तस्बिरहरु जूम गर्नुप¥यो भने पनि १०० प्रतिशत रिजोलुुसनमा फोटो खिच्न सक्छ ।
रियलमीको सी सिरिजमा यो फिचर भएको रियलमी सि ५३ पहिलो मोडल हो । १०८ एमपिको क्यामरा भए पनि यसको फोटो प्रोसेसिङ टाईम कम छ । साथै यसमा भएको ०.३ एमपिको क्यामराले सुन्दर पोट्रेट सटहरु लिन्छ भने सेल्फीको लागि ८ एम पिको क्यामरा राखिएको छ ।
रियलमी सि ५३ को क्यामरा मात्र हैन, डिजाइन पनि उत्कृष्ट छ । अल्ट्रा–स्लिम र प्रिमियम डिजाइन रहेको यस रियलमी सि ५३ कम्प्याक्ट र हलुका तौलको छ ।
५००० एमएएचको ब्याट्री र १८ वाटको फास्ट चार्जरसहित आउने यस रियलमी सि ५३ मा बलियो युनिसक टाइगर टि ६१२ अक्टाकोर प्रोसेसर राखिएको छ भने स्टोरेज अप्सन चाँही ६+१२८ जिबिको रहेको छ । ६.७४ इन्चको फुल एचडी डिस्प्ले, ९० हर्ट्जको रिफ्रेस रेट र ५६० निट्स ब्राइटनेस भएको यो रियलमी सि ५३ गेम खेल्न पनि उपयुक्त रहेको कम्पनीले उल्लेख गरेको छ ।
च्याम्पियन गोल्ड र च्याम्पियन ब्ल्याक जस्ता आकर्षक रङहरुमा उपलब्ध रहेको छ यस रियलमी सि ५३ को मूल्य भने १६ हजार ४९९ रुपैयाँ रहेको छ ।